विवाहदर्ता, नागरिकतासहितका कागजात लिएर गाईघाटकी एक महिला चार महिनादेखि बेपत्ता (अडियो समाचारसहित)

खगेन्द्र कार्की


फाष्ट मिडिया नेपाल संवाददाता

उदयपुर । उदयपुरको गाईघाट मोथियाही रामजानकी निवासी २७ वर्षीया महिला बेपत्ता भएकी छन् । स्थानीय लक्ष्मि राजधामी वैवाहिक बन्धनमा बाँधिएकी सञ्जिता ४ महिनादेखि बेपत्ता भएको उनका श्रीमान लक्ष्मी बताउँछन् । भारतमा आमालाई भेट्न भनेर हिंडेकी श्रीमती नआएपछि श्रीमानसहित उनको १० वर्ष र ७ वर्षका दुई छोरीको विचल्ली भएको श्रीमान राजधामीको भनाई छ । श्रीमानका अनुसार निजकी श्रीमति सञ्जिता विवाह दर्ता प्रमाणपत्र र नागरिकतालगायतका कागजातसहित सम्पर्कविहिन भएकी हुन् । कहीँ कतै कसैले फेला पार्नुभएमा नजिकको प्रहरी कार्यालय वा गार्ईघाटको प्रहरी कार्यालयमा वा परिवारलाई सम्पर्क गर्न समेत श्रीमान राजधामीले अपिल गरेका छन् । 


खगेन्द्र कार्की
प्रतिक्रिया