नेपाली नेताहरुको विश्वसनीय र आकर्षक गन्तव्य बनेको भारतका अस्पताल त यस्ता छन्–खुट्टाको बिमार पेटको शल्यक्रिया

खगेन्द्र कार्की

फाष्ट मिडिया नेपाल संवाददाता

काठमाडौं । उपचारका लागि नेपाली नेताहरुका विश्वसनीय र आकर्षक गन्तव्य मानिएको भारतको उत्तर प्रदेशको निजी अस्पतालका डाक्टरले उपचारमा चरम लापरवाही गरेको आरोप लागेको छ । 

उत्तर प्रदेशको लखिमपुर खिरी जिल्लाको एक निजी अस्पतालमा कार्यरत (अस्पतालको नाम र डाक्टरको नाम नखुलाइएको) चरम लापरवाही गरेको युवी सरकारको तर्फबाट प्रमुख मेडिकल अफिसर बनेक डा. सन्तोष गूप्ताले भने । निज डाक्टरले खुट्टाको बिमारीको पेटको सल्यक्रिया गरिदिएर विवादमा आएको डा. गुप्ताले बताए । यस विषयमा अनुसन्धान थालेको डा. गुप्ताले बताए । यससँगै सम्बन्धित अस्पताललाई सिल गरिएको उनको प्रतिक्रिया छ ।

उनले भने, ‘नगरस्थित अस्पतालमा बिरामीको गलत शल्यक्रिया भएको खबर मिडियामा आएको थियो । हामीले यस विषयमा अनुसन्धान गर्न दुईजना अधिकृत पठाएका थियौं। अस्पतालले आवश्यक सबै कागजात नदेखाएको भन्दै थप अनुसन्धान गर्नका लागि सिल गरिएको हो । छानबिनमा जे आउँछ, सोही अनुसार थप कारबाही हुन्छ ।”

उनले भने, ‘यस विषयमा मिडिया रिपोर्टमा यो अपरेशन गलत भएको आरोप लगाइएको थियो ।’

डा. गुप्ताले भने, “अपरेसन गर्ने डाक्टर त्यसका लागि योग्य थिए वा थिएनन् र बिरामी जेको उपचारका लागि भर्ना भएका थिए त्यही उपचारका लागि बिरामीको शल्यक्रिया गरिएको हो वा होइन भन्ने आरोपमा हामी अनुसन्धान गरिरहेका छौं।”


खगेन्द्र कार्की
प्रतिक्रिया