भोजपुर । भोजपुर समाज सेवा केन्द्र ईटहरी सुनसरी पहिलो पटक सामाजिक अभियान लिएर भोजपुर छिरेको छ । आर्थिक पहुँच कम भएका र स्वास्थ्य सेवाबाट टाढा रहेका गाउँ गाउँका आँखाका बिरामीहरुलाई सर्वसुलभ ढंगले चेकजाँच गरी आवश्यकता अनुसारको उपचार पद्दति अपनाउने काम भएको छ । भोजपुर नगरपालिका वडा नं। ४ दावामा अवस्थित सिद्देश्वर मात्तयमिक विद्यालयमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट त्यहाँ सैयौं आँखाका बिरामीले सेवा पाएको संस्थाका अध्यक्ष शालिग्राम पाण्डे बताउँछन् । सो कार्यक्रममा सोही वडाका वडाअध्यक्ष गिरेन्द्र खड्का, वडा नं. ३ का वडाअध्यक्ष मनिराज राई, सिद्देस्वर मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञान कहादुर बस्नेत, प्रधानअध्यापक सुवास चन्द्र दाहाल लगायतको उपस्थिति रहेको अध्यक्ष पाण्डेले बताए ।
खगेन्द्र कार्की
१५ फाल्गुण २०८०, मङ्गलबार ०४:०१ मा प्रकाशित
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो