श्रमसंस्कृतिका लागि हर्क साम्पाङसँग हातेमालो गर्न इटहरीका नागरिक समाजसहितको समूहले सर्दु जलाधारमा ग¥र्यो बृक्षारोपण

खगेन्द्र कार्की

जनक पाण्डे

इटहरी । सर्दु जलाधार क्षेत्रको संरक्षण गर्ने उद्देश्य सहित धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ्ग राईले सुरु गरेको बृक्षारोपण कार्यमा स्वतन्त्र नागरिक समाज सुनसरी, भोजपुर समाज सेवा केन्द्र सहितको सामाजिक संघ संगठनहरुले बृक्षा रोपन कार्यमा शनिबार समूहगत सहभागिता जनाएर साथ दिएका छन् । 

जनश्रमदानमा आधारित उक्त बृक्षारोपण कार्यमा बिभिन्न क्षेत्र र स्थानबाट मानिसहरुले श्रमदानमा साथ दिइरहेका छन् । ब्यक्तिहरुले साम्पाङ्गले थालनी गरेको कार्यको प्रशंसा गर्दै आफु बृक्षा रोपणमा सहभागि भएको बताएका छन् । भोजपुर सेवा समाज केन्द्रका अध्यक्ष शालिग्राम पाण्डेले यस्तो वातावरणसंग प्रत्यक्ष सम्बन्ध राख्ने बृक्षारोपण जस्तो राम्रो कार्य सवैतिर हुनुपर्ने बताएका छन् ।

त्यसैगरेर, बृक्षारोपण कार्यमा स्वतन्त्र नागरिक समाज सुनसरीले पनि सामूहिक रुपमा सहभागिता जनाएर बृक्षारोपण गरेको छ । बृक्षारोपणलाई सुरुवात जसले गरेपनि सराह्रनीय रहेको बताउँदै यसलाई शिक्षाको रुपमा लिइनुपर्ने समाजका सुनसरी उपसंयोजक मोहन ढकालले बताए ।

शनिबारको बृक्षारोपण कार्यमा इटहरीबाट भोजपुर सेवा समाज केन्द्र, स्वतन्त्र नागरिक समाज सुनसरी र प्रकृति मानव केन्द्रित ज्ञान अभियान नेपालले बृक्षारोपण कार्यमा समूहगत रुपले सहभागिता जनाएका थिए । बृक्षारोपणमा राजन बस्नेत, भक्तिप्रसाद पराजुली, सिता ढकाल, मनोज श्रेष्ठ, शिवबहादुर खतिवडा, उत्तम रेग्मी, जनक पाण्डे, दिनेश कोईराला, टिका दंगाल, शिव काफ्लेले सहभागिता जनाएका थिए । त्यस्तै, सबिता कोईराला, दिमोशा मगर, भोला रौनियार, शिव राई, हिरा आचार्य र सुष्मा तिम्सिनाले बृक्षारोपणमा सहभागिता जनाएका थिए ।

त्यस्तै शनिबार नै स्वतन्त्र नागरिक समाज सुन्दरहरैचा पनि कार्यमा सहभागि भएको छ । धरानको सर्दु जलाधार क्षेत्रको संरक्षणकालागि बृक्षारोपण कार्यमा सहभागिता जनाएर समाजका सुन्दरहरैचा संयोजक चिरन्जिवी शिवाकोटीले ऐक्यबद्धता ब्यक्त गरेका छन् ।

धरानमा पच्चिस लाख बिरुवा रोप्ने योजना अनुसार धरान उपमहानगर पालिका अन्तर्गतको २० नं। वडा अन्तरगतको सर्दु जलाधार क्षेत्र, श्रम संस्कृती पार्कमा बृक्षारोपण भइरहेको छ ।

बृक्षहरुमा बिभिन्न जातका रुख, धुपी, फलफुल आँप लगायत मौसम अनुकूलका बिभिन्न प्रजातिका बिरुवाहरु रोपीएका छन् । धरानमा साम्पाङ्गको अगुवाईमा गत बर्षदेखि बिरुवा रोपिदै आएको छ ।


खगेन्द्र कार्की
प्रतिक्रिया