सुनसरीको झुम्का नहरमा डुबेर चौधरीको निधन

फाष्ट मिडिया नेपाल संवाददाता

इटहरी । पटक पटक विभिन्न कारणले दुर्घटना हुने स्थान झुम्का नहरले फेरी एक जनाको ज्यान लिएको छ ।

झुम्का चतरा नहर खण्डमा इटहरी–१९ का अन्दाजी १९ बर्षीय अनिष चौधरीको नहरमा डुबेर निधन भएको छ । शनिबार साझ ५ बजे तिर पौडी खेल्ने क्रममा इटहरी–१६ पोखरियाको नयाँ झुलुङे पुल नजिक डुबेर निधन भएको इलाका प्रहरी कार्यालय पकलीले जानकारी दिएको छ ।

शनिबार डुबेर हराएको चौधरीलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी कार्य गर्दा आइतबार ९आज० विहान फेला पारिएकाको थियो । मृतक चौधरीलाई पोष्टमाटकाका लागि अस्पताल लगिएको छ ।


फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया