अविरल वर्षाले देशका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

फाष्ट मिडिया नेपाल संवाददाता

इटहरी अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढीपहिरो सडक कटान हुँदा सडक अवरुद्ध भएका छन् प्रहरी प्रधान कार्यालयका अनुसार शनिबार बिहान ६ः३० बजेसम्मको विवरणअनुसार विभिन्न जिल्लाका सडकखण्डमा सवारीसाधनको आवागमन प्रभावित भएको

सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै काभ्रेपलाञ्चोकसिन्धुली जोड्ने बिपी राजमार्गको खुर्कोटनेपालथोककटुन्जेबेँसी सडकखण्डमा दैनिक साँझ बजेदेखि बिहान बजेसम्म सबै प्रकारका सवारीसाधनको आवागमन रोकिएको उक्त सडकखण्डमा बिहान बजेदेखि बेलुका बजेसम्म भने सवारीसाधन सञ्चालन गर्न दिइने प्रहरीले जनाएको

त्यसैगरी, मकवानपुरको कान्ति लोकपथमा साँझ बजेदेखि बिहान बजेसम्म सबै प्रकारका सवारीसाधनको आवागमन रोकिएको वर्षाका कारण जोखिम बढेपछि सुरक्षाका लागि आवागमनमा रोक लगाइएको हो

इलाम नगरपालिका राजदुवालीमा हिलो जम्दा मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको उक्त क्षेत्रमा वैकल्पिक सडकसमेत रहेको प्रहरीले जनाएको

सिन्धुपाल्चोकको अरनिको राजमार्गअन्तर्गत भोटेकोशी गाउँपालिका चारकिलो, लिपिङमा सडक भासिएपछि सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको त्यस्तै, रसुवाको उत्तरगया गाउँपालिका खाल्टेमा सडक कटान हुँदा त्रिशूलीमैलुङस्याफ्रुबेँसी कच्ची सडकखण्ड पनि पूर्ण रूपमा बन्द भएको

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका रिजेगार्ड खोला नजिक पहिरो खस्दा भेरी करिडोरअन्तर्गत जाजरकोटडोल्पा सडक पूर्ण रूपमा अवरुद्ध भएको

रुकुम पूर्वको भूमे गाउँपालिका काडाबगर धौलापहिरामा पहिरो खसेपछि मध्यपहाडी लोकमार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको यस्तै, रोल्पाको थबाङ गाउँपालिका लाप्लेभिर दबाङमा भूक्षय तथा पहिरोका कारण घोराहीथबाङ सहिद मार्ग दुई स्थानमा अवरुद्ध भएको

अवरुद्ध सडकखण्ड खुलाउन सम्बन्धित निकाय तथा स्थानीय तहसँग समन्वय भइरहेको प्रहरीले जनाएको लगातार वर्षा भइरहेकाले पहिरो तथा सडक कटानको जोखिम कायमै रहेकाले यात्रुले यात्रा गर्नुअघि सडकको अवस्था बुझ्न प्रहरीले आग्रह गरेको

 

फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया