धनकुटा । सगरमाथा अञ्चलको सिराहाबाट सुरु भएको नेपाली कांग्रेसका नेता प्रतिनिधि सभाका सदस्य डां सुनिल शर्माको गुट रहित भ्रष्टाचार मुक्त स्वच्छ र सशक्त कांग्रेस निर्माण अभियान सप्तरी, ओखलढुंगा, सोलुखुम्बु र खोटाङमा पुगेर सम्पन्न भएको छ ।
सांसद डा. शर्माको नेतृत्वमा रहेको उक्त टोलीमा प्रदेश सासंद तथा नेपाली कांग्रेस भोजपुरका सभापति बिनोद वान्तवा, नेपाली कांग्रेस धनकुटाका सभापति दिनेश राई, प्रदेश सांसद मान वहादुर लिम्बु, नेपाली कांग्रेस मोरङ्गका जिल्ला सचिव मोदराज घिमिरे, धनकुटाका जिल्ला सचिव तथा नेपाल प्रेस युनियनका पूर्व केन्द्रिय उपाध्यक्ष विजय सन्तोषी राई, नेपाली कांग्रेसका यूवा नेता विवेक लिम्बु लगायतका नेपाली कांग्रेसका यूवा नेताहरुको सहभागीतामा सो अभियान सम्पन्न भएको हो ।
नेपाली कांग्रेस भित्र गुट उपगुट मौलाउदै गएकोले कांग्रेसलाईनै अहिले तहस नहस बनाउने खतरा बढ्दै गएको र कांग्रेस भित्रका केही भ्रष्ट नेताहरुको कारण कांग्रेसको बेईजेत हुदै गएकोले अव गुट उपगुट रहित स्वच्छ र बलियो कांग्रेस निर्माण गर्नका लागी यूवा नेता डां. सुनिल शर्माले अहिले देश व्यापी अभियान संचालन गर्ने क्रममा दोस्रो चरणमा सगरमाथा अञ्चलको अभियान सम्पन्न गरेका हुन् । पहिलो चरणको अभियान यस अघि कोशी र मेचीका सवै जिल्लाहरुमा भईसकेको अभियानका सदस्य तथा नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव नेपाल प्रेस युनियनका पूर्व केन्द्रिय उपाध्यक्ष विजय सन्तोषी राई बताउँछन् ।
सिराहामा नेपाली कांग्रेस सिराहाका जिल्ला सभापति राम चन्द्र यादव, सप्तरीमा नेपाली कांग्रेस सप्तरीका जिल्ला सभापति राम देव शाह, उदयपुरमा नेपाली कांग्रेसका जिल्ला सभापति हिमाल कार्की, ओखलढुंगामा नेपाली कांग्रेस ओखलढुंगाका सभापति तेजन कार्की, सोलुखुम्बुमा नेपाली कांग्रेसका जिल्ला सचिव काजी कुलुङ्ग, खोटाङ्गमा नेपाली कांग्रेस खोटाङ्गका जिल्ला उपसभापति तिर्थ भट्टराईको अध्यक्षतमा वृहत अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको थियो ।
सवै जिल्लाहरुको कार्यक्रमहरुमा नेपाली कांग्रेसका यूवा नेता तथा प्रतिनिधि सभाका सदस्य सुनिल शर्माले नेपाली कांग्रेसलाई गुटउपगुटले कमजोर बनाउदै लगेकोले अव गुट उपगुटलाई ध्वस्त पार्न सवैलाई लाग्न अनुरोध गरे ।
उनले नेपाली कांग्रेसलाई अव भ्रष्टाचार मुक्त गुटरहित स्वच्छ र बलियो कांग्रेस बनाउन आफुले देश व्यापी अभियान संचालन गरी देश दौडाहा गरिरहेको बताए ।
नेपाली कांग्रेस सिराहाका जिल्ला सभापति राम चन्द्र यादव, नेपाली कांग्रेस सप्तरीका जिल्ला सभापति राम देव शाह, नेपाली कांग्रेस उदयपुरका जिल्ला सभापति हिमाल कार्की, नेपाली कांग्रेस ओखलढुंगाका सभापति तेजन काकी नेपाली कांग्रेस सोलुखुम्बुका जिल्ला सभापति नामगेल शेर्पा, नेपाली कांग्रेस खोटाङ्गका जिल्ला उपसभापति तिर्थ भट्टराई लगायतका नेताहरुले नेपाली कांग्रेसका यूवा नेता डा. सुनिल शर्माको अभियानले नेपाली कांग्रेसमा रुपान्तरण ल्याउने र कांग्रेस बलियो बनाउने बताए ।
कांग्रेस नेता तथा सासंद डा. शर्माको सगरमाथा अञ्चलको सम्पन्न अभियानले अहिले त्यस क्षेत्रका सवै नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुमा उर्जा थपिएको र नेपाली काग्रेसको पक्षमा जनलहर समेत आएको नेपाली कांग्रेस भोजपुरका सभापति तथा प्रदेशसभा सदस्य बिनोद वान्तावा राईले बताए ।
नेपाली कांग्रेसका नेता तथा सांसद सुनिल शर्माले पहिलो र दोस्रो चरणमा गरी अहिलेसम्म १६ वटा जिल्लाहरुमा गुटरहित भ्रष्टारमुक्त स्वच्छ र बलियो कांग्रेस निर्माण गर्ने अभियान संचालन भएको र अव बाकी सवै जिल्लाहरुमा अभियान क्रमशः संचालन गर्दै जाने तयारी भईरहेको नेपाल प्रेस युनियनका पूर्व केन्द्रिय उपाध्यक्ष विजय सन्तोषी राईले बताए ।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो