पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिकाले कोशी टप्पु जग्गा सट्टाभर्ना समस्या समाधानका लागि सम्बन्धित निकायहरुबीच छलफल कार्यक्रम सम्पन्न गरेको छ ।
नगरपालिकाको सभाहलमा नगर प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा भएको सो कार्यक्रममा समस्या समाधानका बारेमा जनप्रतिनिधि तथा राजनैतिक दलका प्रतिनिधिहरुसँग अन्तरक्रिया भएको हो ।
कार्यक्रमको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, कोशी टप्पु जग्गा सट्टाभर्ना उस समितिका संयोजक मधु सुदन अधिकारी, सदस्य सचिव कृष्णप्रसाद सापकोटा, सदस्य लालबहादुर सुस्लिङले समितिले गर्ने कार्यहरुका बारेमा प्रष्ट्याएका थिए ।
यसैगरी सो कार्यक्रममा वडाअध्यक्षहरुका तर्फबाट वडा नं. ९ का अध्यक्ष वीरबहादुर राई र विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले आ–आफ्ना कुरा राखेका थिए । नगर प्रमुख मोहन प्रसाद तुम्वापोले समस्या समाधन गर्न जनप्रतिनिधिले मात्र सम्भव नहुने र यसको समाधानका लागि सबै लागिपर्नुपर्ने बताए ।
छलफलले नगरपालिका क्षेत्रमा रहेको कोशी टप्पु जग्गा सट्टा भर्ना समस्या सम्वन्धमा बसोबासी तथा जग्गा धनी दुवै पक्षको समुचित व्यवस्थापन एवं दीर्घकालीन समस्या समाधानका लागि आवश्यकता अनुसार समितिका पदाधिकारी तथा सम्वन्धित कार्यालयका कर्मचारीहरुलाई स्थलगत भ्रमण, जग्गाको रेखाङ्कनरनापजाँच गर्न प्रतिनिधि, राजनैतिक दलका स्थानीय प्रतिनिधिहरुले आवश्यक सहयोग तथा समन्वय गर्ने निर्णय गरिएको छ ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो