फाष्ट मिडिया नेपाल संवाददाता
काठमाडौं । सत्तारूढ गठबन्धनले कोशी प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा सोमबार बसेको गठबन्धनको बैठकले कोशी प्रदेशमा नेपाली कांग्रेसको सबैभन्दा बढी सङ्ख्या भएकाले थापालाई मुख्यमन्त्री बनाएर मन्त्रिमण्डल विस्तार गर्ने निर्णय गरेको हो ।
प्रधानमन्त्री प्रचण्डको अध्यक्षतामा बसेको बैठकबारे जानकारी दिँदै नेकपा ९एकीकृत समाजवादी०का कार्यवाहक अध्यक्ष राजेन्द्र पाण्डेले भनेका छन्, ‘हामी गठबन्धनमा भएको दलहरूका तर्फबाट कांग्रेस संसदीय दलको नेता उद्धव थापालाई मुख्यमन्त्रीलाई मुख्यमन्त्री बनाउने र केही खाली सिटका विषयमा सल्लाह गरेर निर्णय गर्ने सहमति भयो ।’
उक्त प्रदेशमा गत शुक्रबार नेकपा ९एमाले० नेता हिक्मतकुमार कार्कीले विश्वासको मत नपाएर पदमुक्त भएका थिए । प्रदेशप्रमुख परशुराम खापुङले आइतबार सरकार गठनको आह्वान गरेका थिए ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो