काठमाडौं । आजदेखि कांग्रेस महासमितिको बैठकमा होमिएको छ । कांग्रेसको महासमिति बैठकले पार्टी सञ्चालनका निम्ति नीति अधिवेशनका रुपमा लिएर बैठक गरे पनि अन्ततः माछो, माछो भ्यागुतो हुने आशंका गरिँदैछ । देशभर आठ लाख ५० हजारभन्दा बढी सक्रिय सदस्य रहेको नेपाली कांग्रेस पार्टीको महासमिति बैठक प्रजातन्त्र स्थापना भएको दिनबाटै सुरु हुँदै गर्दा ढुलमुले नीति होइन अब स्पष्ट नीतिको आवश्यकता रहेकोले यो महासमिति बैठक कांग्रेसका लागि अवसरका रुपमा समेत हेरिएको छ । ललितपुरको गोदावरीमा आयोजना हुने उक्त महासमितिको बैठकबाट आम कांग्रेसीहरुले भने ठूलो भरोसा राखेका छन् । नेतृत्वप्रति असहमति जनाउने कांग्रेसीहरुले यो महासमिति बैठकबाट पार्टीले पुर्नजिवन पाउनेमा आशावादी रहेको टिकाटिप्पणी पनि गरिरहेका छन् ।
प्रतिनिधिसभामा अन्य दलको भन्दा बढी सांसद र मन्त्री रहेको, आधाभन्दा बढी प्रदेशमा सरकार प्रमुख भएको र लगभग आधा स्थानीय सरकारमा प्रभुत्व जमाएको कांग्रेसको महासमिति बैठकलाई निकै चासोका साथ हेरिएको छ ।
ललितपुरको गोदावरीस्थित सनराइज हलमा दिउँसो १ बजे पार्टीका सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने सो बैठक ‘राजनीतिक स्थायित्व, रुपान्तरण र नविनता, स्वतन्त्रता, न्याय र समानता, नेपाली कांग्रेसको नीतिगत प्रतिवद्धता’ भन्ने मूल नाराका साथ सुरु हुन लागेको महासमिति बैठकमा देशभरबाट दुई हजारभन्दा बढी महासमिति सदस्यको सहभागिता हुँदैछ ।
महासमिति बैठकमा वर्तमान केन्द्रीय समितिका पदाधिकारी तथा केन्द्रीय सदस्य एक सय १६५, प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व हुने महासमिति सदस्य एक हजार सात सय ८०, नेपाली जनसम्पर्क समितिबाट ८९, भ्रातृ तथा शुभेच्छुक संस्थाबाट ६९ जनाको सहभागिता हुँदैछ ।
यस्तै, केन्द्रीय कार्यसमितिको बैठकको निर्णयअनुसार महासमितिका सदस्य नरहेका प्रदेश कार्यसमितिका सभापति, जिल्ला कार्यसमितिका सभापति र भ्रातृ सङ्घ तथा शुभेच्छुक संस्थाका केन्द्रीय अध्यक्षलाई महासमिति बैठकमा आमन्त्रित सदस्यका रुपमा सहभागी गराउन लागिएको छ । पार्टी संकटमा पर्दै गएको बेलामा स्पष्ट नीतिका साथ पार्टीलाई पुर्नजिवित गराउन महासमिति कोसेढुंगा सावित हुने अपेक्षा बैठकमा सहभागी हुनेहरुको रहेको बुझिएको छ ।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो