फाष्ट मिडिया नेपाल संवाददाता
इटहरी । इटहरी मुख्य चोकमा दुर्घटनामा परी निधन भएका आमाछोरी सरिता चौधरी र अंशु चौधरी दाहासंस्कार भएको छ ।
मंगलबार दिउँसो दुर्घटनामा परेका आमा छोरी मध्ये आमा सरिताको घटनास्थलमै निधन भएको थियो भने छोरीको विराटनगर विराट मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको थियो । आमा सरिताको शव उनको माइति घरमा लगिएको थियो भने छोरीको आफ्नै घरमा शव लगेर दुवैतिरबाट शव ल्याएर एकै पटक इटहरीस्थित बुढीगंगा जमुना मुक्तिघाट लगेर दाहसंस्कार गरिएको थियो । मृतक सरिताका १० वर्षीया छोराले आमा छोरी दुवैलाई दागबत्ति दिएका थिए । छोरी अंशु र छोराको बाबुसँग मृतक सरिताको सम्बन्ध विच्छेद भईसकेको हुँदा निजलाई माइति घरमा लगेर शव आर्यघाट ल्याईको पारिवारिक स्रोतले जनाएको छ ।
खगेन्द्र कार्की
२२ असार २०८०, शुक्रबार ०९:४५ मा प्रकाशित
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो