सुनसरी । किरात राई बान्तावा खिम केन्द्रीय कार्य समितिको आयोजनामा इटहरीमा स्थानीय भाषा पाठ्यक्रम तथा पाठ्यपुस्तक निर्माण विषयमा कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।
२०७२ संविधानमा उल्लेखीत भएको मातृभाषा पढ्न पाउने अधिकारलाई प्रयोग गर्दै मातृभाषा पढ्नको लागी बान्तावा राईहरुको बाहुल्यता भएको विद्यालयमा पाठ्यक्रम लागु गर्नको लागी पाठ्यक्रम निमार्ण तथा छपाईको विषयमा गोष्ठी गरिएको किरात राई बान्तावा खिमका केन्द्रीय अध्यक्ष ज्ञान किरातीले जानकारी गराए ।
भाषाविद पदम वलाहाङ, भाषाविद निराजन वतास, भाषा विज्ञान डा. इस्वर कुमार राई, पुर्व मा.वी. प्रधानध्यापक भक्त राई लगायत भोजपुर, टेम्केमयुङ गाउँपालिका, रामप्रसाद गाउँपालिका, आमचोक गाउँपालिका, हतुवागडी गाउँपालिका, खोटाङका खोटेहाङ गाउँपालिका, जन्तेढुङ्गा गाउँपालिका, उदयपुरको बेलका, पाचथरका फालेलुङ गाउँपालिका, इलामका रुङ गाउँपालिका, सुर्यदय गाउँपालिका, धनकुटाका सहीदभुभी गाउँपालिकाका शिक्षकहरुको सहभागीता रहेको थियो ।
सुप्रिया राई
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो