इटहरीको पूर्वी गैसारमा घरमा काम गर्दै गरेका बिकको करेन्ट लागेर निधन

खगेन्द्र कार्की

फाष्ट मिडिया नेपाल संवाददाता

इटहरी ।  इटहरी उपमहानगरपालिका वडा नं. ८ को एक घरमा करेन्ट लागेर एक जना मजदुरको ज्यान गएको छ । 

हाम्रो टोल विकासको ३ नम्बर गेटमा रहेको राजकुमार कार्कीको घरमा काम गरेर फर्कने क्रममा दिउँसो ४ः५० बजे करेन्ट लाग्दा वर्ष ४० को कुमार बिक घाइते भएका थिए । घाइते बिकलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याएपछि डाक्टरले मृत घोषित गरेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । घटना भएको स्थानमा इप्रका इटहरीबाट प्रनानीको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको इप्रका इटहरीले जनाएको छ ।

खगेन्द्र कार्की
प्रतिक्रिया