रामनारायण मेहेता
विराटनगर । अप्पन विराटगढ परोपकार समाजको आयोजनामा विराटनगरमा जितिया समारोह भब्यरुपमा सम्पन्न भएको छ । समाजले दुखको साथी नेपालसंगको सहआयोजनामा स्थानिय महेन्द्र मोरङ कलेज प्राङ्गणमा जितिया बिशेष कार्यक्रम गरेको हो ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा विराटनरसहित जनकपुर,राजविराजबाट आमन्त्रित कलाकारहरुका साथै विराटनगरका विभिन्न विद्यालयका विद्यार्थीहरुले गित,संगित,नाटक र प्रहसन प्रस्तुत गरेका थिए। कार्यक्रम शुरु हुनुअघि नगरक्षेत्रमा झाँकी समेत निकालिएको थियो ।
कार्यक्रममा बीच विराटनगरका पत्रकारहरू रामनारायण मेहता, सोनुकुमार दास,हुसैन शेख,देवनारायण साह,श्याम सुन्दर सुतिहार,रामप्रेम यादव र पुष्पराज थपलिया सहित सिमावर्ती बिहार का मैथिलभाषि पत्रकारहरुलाई समेत सम्मान गरिएको थियो । यस्तै समाजका विभिन्न क्षेत्रमा योगदान दिने समाजसेवीहरुलाई समेत सम्मान गरिएको थियो । सम्मानित ब्यक्तीत्वहरुलाई मिथिलाको पहिचानसंग जोडिएका पाग,दोपट्टा र कदरपत्र सहित सम्मान गरिएको थियो ।
सो अवसरमा रिम्मी चौधरी सहितका कलाकारहरुद्वारा सृजित मिथिला पेन्टिङ प्रर्दशनी समेत आयोजना गरिएको थियो । यस पटक १२ औं संस्करणको जितिया पर्व समारोह आयोजना गरिएको अप्पन विराटगढ परोपकार समाजका अध्यक्ष बसुन्धरा झाले जानकारी दिनुभयो । जितिया मैथिल सहित तराईबासी विभिन्न समुदायका महिलाहरुले अत्यन्त निष्ठा र श्रद्धापुर्वक मनाउने पर्व हो । सन्तानको आरोग्यताको कामनासहित यो पर्व मनाउने गरिन्छ । २०८० सालको जितियापर्व असोज २० गते परेको छ ।शनिवार बिहानैदेखी अविरल बर्षाको कारण निर्धारित समयभन्दा केहि ढिला शुरु भएपनि कार्यक्रममा उल्लेख सहभागिता थियो ।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो