खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-२ मुडेस्थित लालीखर्कका ४० वर्षीय दावा शेर्पाले प्रहार गरेको दाउराको चिर्पट लागेर ३६ वर्षीया श्रीमती लाक्पा डिकु शेर्पाको निधन भएको छ ।
मादक पदार्थ सेवन गरेका दावा र श्रीमतीबीच गए राति घरायसी विवाद हुँदा श्रीमानले प्रहार गरेको चिर्पट लागेर श्रीमतीको निधन भएको हो ।
श्रीमान्–श्रीमतीबीच मूलघरमा झगडा भएपछि भागेकी श्रीमती घरदेखि करिब दुई सय मिटर टाढा गोरेटो बाटोमा मृत फेला परेको स्थानीय बासिन्दाले बताएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बेनु कार्कीका अनुसार हत्या गर्ने श्रीमानलाई गए राति नै खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको छ ।
शेर्पा दम्पतीबीच यसअघिदेखि नै सामान्य विवाद हुने गरेको छिमेकीको भनाइ छ । बुधबार पनि विवाद भएपछि आफ्नो घर छाडेर मूलघर गएर बसेकी श्रीमतीलाई त्यही पुगेर श्रीमान्ले चिर्पट प्रहार गरेको प्रत्यक्षदर्शीले बताए ।
मृत श्रीमतीको शव परीक्षणका लागि गए राति नै जिल्ला अस्पतालमा लगिएको थियो । शेर्पा दम्पतिका दुई छोरी छन् ।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो