दमक÷ ब्रह्माकुमारी राजयोग सेवा प्रभाव दमकको समाज सेवा प्रभागले दमक नगरपालिकाका विभिन्न वडाका ८० वर्षभन्दा माथिका १०८ जना ज्येष्ठ नागरिक आमाबुबालाई सम्मान गरेको छ । “ज्येष्ठको सम्मान सभ्य समाजको पहिचान, हिजोको योगदान, आजको सम्मान” भन्ने नारासहित आयोजित कार्यक्रममा ज्येष्ठ नागरिकहरूको योगदानको कदर गर्दै सम्मान गरिएको हो । दमक–६ स्थित पशुपति मन्दिर परिसरमा सोमबार सम्पन्न कार्यक्रममा समाज सेवा, नैतिक मूल्य तथा आध्यात्मिक चेतना प्रवद्र्धनमा सक्रिय ब्रह्माकुमारी संस्थाले ज्येष्ठ नागरिकप्रति सम्मान व्यक्त गरेको हो । संस्थाले मानव जीवनलाई नैतिकवान र चरित्रवान बनाउन, दुव्र्यसन तथा तनावमुक्त समाज निर्माण गर्न देशव्यापी रूपमा सञ्चालन गर्दै आएका गतिविधिबारे पनि कार्यक्रममा जानकारी गराएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि तथा दमक नगरपालिकाका नगरप्रमुख रामकुमार थापा ले ब्रह्माकुमारी संस्थाले निस्वार्थ भावनाका साथ विश्वभर पु¥याइरहेको मानविय सेवाको प्रशंसा गरे । उनले समाजमा नैतिकता, आध्यात्मिकता र सकारात्मक सोचको विकासका लागि संस्थाले पु¥याउँदै आएको योगदान महत्वपूर्ण रहेको बताए । नगरप्रमुख थापाले संस्थाले सञ्चालन गर्ने प्रवचन तथा प्रशिक्षण कार्यक्रमबाट धेरैले लाभ लिन सक्ने भएकाले यस्ता कार्यक्रम सुन्न र आत्मसात् गर्न आग्रहसमेत गरे ।
उनले कार्यक्रममा उपस्थित अधिकांश ज्येष्ठ नागरिकलाई आफूले व्यक्तिगत रूपमा चिन्ने र उनीहरूको अवस्थाबारे जानकार रहेको उल्लेख गर्दै दमक नगरपालिकाले ज्येष्ठ नागरिकको स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेको बताए । उनका अनुसार ९० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकका लागि घरघरमै चिकित्सकीय सेवा उपलब्ध गराउने व्यवस्था गरिएको छ भने सोभन्दा कम उमेरका ज्येष्ठ नागरिकलाई वडा तथा नगर अस्पतालमार्फत सहज र झन्झटरहित उपचार सेवा प्रदान गर्ने व्यवस्था मिलाइएको छ ।
कार्यक्रमको अध्यक्षता ब्रह्माकुमारी राजयोग सेवा केन्द्र कोशी प्रदेश प्रमुख ब्रह्माकुमारी गीता दिदीले गरेकी थिइन् । विशिष्ट अतिथिका रूपमा प्रजापिता ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय समाज सेवा प्रभागका हेडक्वार्टर कोअर्डिनेटर ब्रह्माकुमार वीरेन्द्र भाइ तथा अन्तर्राष्ट्रिय मोटिभेशनल स्पीकर एवं प्रशिक्षक प्रोफेसर डा. गिरीस भाइको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सुरुआत अतिथिहरूद्वारा दीप प्रज्वलन गरी गरिएको थियो । ब्रह्माकुमारी राजयोग सेवा केन्द्र दमककी प्रमुख सञ्चालिका ब्रह्माकुमारी राधा दिदीले स्वागत मन्तव्य व्यक्त गर्दै ज्येष्ठ नागरिक समाजका मार्गदर्शक र अनुभवका भण्डार भएकाले उनीहरूको सम्मान गर्नु सम्पूर्ण समाजको दायित्व भएको बताइन् ।
विभिन्न वडाका वडाध्यक्ष, जनप्रतिनिधि, सामाजिक संघसंस्थाका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, पत्रकार तथा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र र उपसेवा केन्द्रका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको कार्यक्रममा भजन–कीर्तन तथा आध्यात्मिक सन्देशसमेत प्रस्तुत गरिएको थियो । कार्यक्रम सञ्चालन ब्र.कु कविता दिदीले गरेकी थिईन ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो