धनकुटा । नेपाली कांग्रेस धनकुटाकाले आज यूवा तथा खेलकुद मन्त्री डिक वहादुर लिम्बु संग नेपाली कांग्रेस धनकुटाको पार्टी कार्यालय सहिद भिम नारायण स्मृती भवनमा भेटघाट कार्यक्रमको आयोजना गरिएको छ । सो कार्यक्रममा धनकुटाको सात वटै पालिकामा राष्टिय स्तरको खेलमैदान र बहुउदेश्यिय कवडहल निर्माण र धनकुटाकाको ६० वटै वडामा खेल मैदान र कवडहल निर्माणको लागी माग गरेको छ ।
यूवा तथा खेलकुद मन्त्री तथा नेपाली कांग्रेसका नेता डिक वहादुर लिम्बुले उक्त भेटघाट कार्यक्रममा कोशी प्रदेशमा एमालेलाई समेत सहमतीमा ल्याएर एमाले सहितको सरकार निर्माण गर्नु पर्नेमा जोड दिए । मन्त्री लिम्बुले कोशी प्रदेशमा सवै दलहरुको सहभागीतामा सरकार निर्माण भए मात्र सरकारले स्थायित्व पाउन आशा व्यक्त गरे । उनले खेलकुदको विकास अहिले नेपालमा पनि तिव्र रुपमा भैरहेकाले यसलाई अझ विकास गर्दै जाने बताए ।
नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राईको अध्यक्षमा सम्पन्न भएको कार्यक्रममा संविधान सभा सदस्य तथा महासमिति सदस्य लिला सुब्बाले खेलकुदको माध्यमबाट नेपालको पहिचान स्थापित गर्न सक्ने बताए ।
सो अवसरमा नेपाली कांग्रेसका महासमिति सदस्य सिता प्रधान, जिल्ला सदस्य निरुपा राई, क्षेत्रिय सदस्य जुनु राई, सिता राई, नेपाल महिला संघ धनकुटाका सचिव शोभा वराल, नेपाल सास्कृतिक संघ धनकुटाका अध्यक्ष केजी चेम्जोग,नेपाल शिक्षक संघ धनकुटका पूर्व जिल्ला सचिव हरी दाहाल,सागुरगीगढी शिक्षक संघका अध्यक्ष कुल प्रसाद दाहाल,महिला संघकी वडा उपाध्यक्ष सिता दाहाल, नेपाली कांग्रेसका छथरजोरपाटी वडा नं. ४ का वडा सभापती मेखराज खतिवडा लगायतले यूवा तथा खेलकुद मन्त्री तथा नेपाली कांग्रेसका नेता डिक वहादुर लिम्बु संग भेटघाट गरी धनकुटाका ६० वटै वडाहरुमा खेलकुद मैदान र कवडहल निर्माणका लागि माग गरेका छन् ।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो