थरी थरीका मेयर परिपरिका सोच ः कोही प्रधानमन्त्री र राष्ट्रपतिको तस्बिर हटाउने कोही पार्कमा बनाइएका शालिक भत्काउने
स्थानीय निकायमा मेयरहरु अराजक बन्दैछन् । कसैकोलाई केको रिस कसैलाई के को रिस । रिसै रिसमा समाजलाई उदण्डीत बनाउने, भड्काउने, भाँड्ने काम गर्दै आइरहेका छन् । सुनसरीको धरानका मेयर हर्क साम्पाङले आवेगमा प्रधानमनन्त्री र राष्ट्रपतिको तस्बिर कार्यकक्षबाट हटाइदिए– कारण थियो धरानको विकासमा सघाउ पु¥याएन । त्योसँगै धरान अशान्त बनेको मात्र छैन मेयर र उपमेयरबीचको प्रेम नै टुटेको छ । सुरुआतदेखि हरेक काममा साथ दिँदै आएका उपमेयर आन्द्राविक्रम बेघाले आजभोलि मेयर साम्पाङको साथ छोडेका छन् । सामाजिक सञ्जाल रंगउने काम पनि भएको छ । अराजक ढंगबाट मेयर आफै बीपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठान पुगेर कायम मुकायम उपकुलपति प्रा.डा. प्रह्लाद कार्कीको कार्यकक्षमा आफैँले ताला लगाएका छन् कारण जनस्वास्थ्यमा खेलवार्ड भयो । यस कारणले पनि धरान अशान्त बनेको छ ।
यस्तै मोरङको उत्तरी नगरपालिका लेटाङका मेयर भुपेन्द्र लावतीले बनाइसकेको शालिक भत्काइदिए कारण थियो सरकारी जग्गा अतिक्रमण भयो । शालिकका पक्षधरहरुले मेयरको कोठामा तालाबन्दी नै गरेका छन् । सहिदका शालिक हटाउन लगाएको विरोधमा माओवादीले तालाबन्दी गरेको हो ।
शहिद स्मृति प्रतिष्ठानले पार्क निर्माण गरी मोरङको लेटाङ–४ मा राखेको सहिद हरि भट्टराईको शालिक नगरप्रहरीले हटाइदिएका हुन् ।
नगरप्रमुख भूपेन्द्र लावतीको आदेशमा नगर प्रहरीले सालिक हटाएर निर्माणस्थलमा तोडफोड समेत गरेको आरोप लागेको छ । १० वर्षे जनयुद्धको समयमा सहिद भएका भट्टराईको शालिक निर्माण गरिएको थियो । लेटाङबाट त्यसबेला १६ जनाले ज्यान गुमाएका थिए । जसमा ईश्वर ढुंगाना (प्रभात), हरि भट्टराई (परिवर्तन), डम्बर चेम्जोङ (अजम्बर) पुष्प भट्टराई (बादल), मेनुका चेम्जोङ (नमुना), डिल्ली पौडेल (दिलीप) लगायतको शालिकसहित पार्क बनाउने काम प्रतिष्ठानले सुरु गरेको थियो ।
तर, शालिक राखेको केही दिनमै नगरप्रमुख लावतीले नगरप्रहरी लगाएर हटाएको र निर्माणस्थलमा तोडफोड गरेको माओवादी केन्द्रले जनाएको छ । शहिद स्मृति प्रतिष्ठान लेटाङका अध्यक्ष कृष्ण लम्साल (अनन्त) ले शालिक हटाएर बहादुरी देखाएको भन्दै त्यसका परिणाम ठिक नहुने चेतावनी दिएका छन् । उनले सयौं संघसंस्थाले जग्गा अतिक्रमण गर्दा मौन रहने प्रमुख लावतीले सहिद पार्कमा गिद्धे नजर लगाएको आरोप लगाए ।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो