चिरञ्जीवि अधिकारी
अस्ति गाउँको हरी गयो बिदेश, हिजो राम गयो , आज माईला बाको छोरो गयो , भोलि सीता जाँदै छिन रे , पल्ला घरको भाईको नि भिसा लाग्यो रे । मामाको छोराले नि १२ सक्यो रे उस्ले नि आएल्स गर्दै छ रे । गोपालको त एउटा महेन्द्रपुलमा कपडा पसल थियो त्यो पनि बेचेर जापान गयो रे ।
अलि अलि नेपालमा भएकाहरु नि नेपालमा केही छैन जाने त बिदेश नै हो यार भन्ने अवस्थामा आई सकेका छ्न !
यसरि नै आज भन्दा भोलि , भोलि भन्दा पर्सि रित्तिदै छ्न गाउँ, सहर, बस्ती, कलेज, गाउँ घर तिर बिदेशको कुरा वाहेक अरु कुरै हुन छाडी सकेको छ ।
कहिलेकाही बजारबाट गाउँ घर तिर गयो चारै तिर सुनसान छ । आफू सँग बाल्यकालमा खेल्ने साथी सबै विभिन्न सिलसिलामा विदेश पुगी सकेका छन। हिजोका साथी , दाई, भाइ , दिदी बहिनी कोहि पनि गाउँमा छैनन् ।
गाउँमा भएका त्यही बुढा बा, आमा, हजुर बा, हजुर आमा, वाहेक अरु भेट्नै मुस्किल पर्छ अचेल । हिजो गाईभैंसी पालेर बसेका हर्के दाई पनि फेरि कतार तिर गएछ्न । गाउँघर तिर दाइ, भाईहरु डाक्टर, ईन्जिनियर पढेका थिए सबै बिदेश तिर गएछ्न ।
सरकार अर्को कुरा त के छ भने विवाह गरम भने केटी पाउन मुस्किल पर्यो । यस्ता नेपालमा बस्ने केटासँग पनि विवाह गर्छ ररु बरु अष्ट्रेलियालगायत युरोपियन दे गएका केटासँग लभ गरेर भएपनि बिदेश जसरी नि जानी हो भन्ने जमात बढ्दो छ। बिचरा ती हरिकृष्ण दाइ बल्ल तल्ल ४ बर्ष लगाएर लोक सेवामा दिन रात नभनि नाम निकाले तर ३ बर्ष भयो केटी खोज्न हिंडेका आज सम्म बिवाह हुन सकेको छैन ।
सरकार म त झन बेरोजगार , केही गरेको छैन , केहि छैन । स्नातक बल्ल तल्ल सके, बाटो तिर निस्कियो, तँ पनि जा यसरी हलिएर नहिड भन्ने मानिसको कमी छोइन यहाँ।
हेर त फलानोको छोराले कति प्रगति गरि सके१ तँ भने नेपालमा के छ र बसेको छस् , गैइहाल नबस भन्छन् । हुन पनि हो , मेरो ब्याचका साथिहरुले सबैले घर घडेरि किनेर विवाह गरेर सेटल भएर बसि सकेका छन्।
उता सरकार भने कुनै भाउजूलाई छोए आगो लागाईदिन्छु भन्छ । को सग गठबनधन गरेर सरकार टिक्छ भन्नेमा नै पिर छ ।
अब पनि नसोच्ने हो भने सरकार, कि मलाई बुढो मान्छे बनाई दे, हैन भने तिमिलाई कर तिर्ने रेमिट्यान्स बाहेक केही हुँदैन ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो