दुहवी । दुहवीका एक युवकको कोशी राजमार्ग अन्तर्गत विराटनगरको बरगाछीमा ट्रकको ठक्करबाट निधन भएको छ। इलाका प्रशासन कार्यालय रंगेलीका कम्पयुटर अपरेटरमा कार्यरत २५ वर्षीया नगेन कुमार चौधरी मोटरसाइकलमा जाँदै गर्दा दुर्घटनामा परेका हुन । बागमती प्रदेश ०३–००१ ख १४११ नम्बरको ट्रकले को ३६ प २८८९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
प्रहरीका अनुसार दुर्घटनामा मोटरसाइकल चालक सुनसरीको दुहबी –९ का स्थानीयबासी हुन् । चौधरीले आफ्नी १६ वर्षीया भतिजी सोस्था चौधरीलाई लिएर गएको थिए । दुर्घटनाबाट भतिजी चौधरी पनि घाइते भएको र निजको कोशी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि आक्रोशित बनेका स्थानीय बासिन्दाले ट्रकमा आगजनी गरेका थिए । दमकल प्रयोगले प्रहरीले आगो निभाएको थियो । त्यस क्रममा केही बेर राजमार्ग अवरुद्ध भएको थियो ।
फाष्ट मिडिया नेपाल संवाददाता
२८ माघ २०८०, अाईतबार ०३:५७ मा प्रकाशित
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो