सुनसरीको दुहवीमा स्थानीय हसुैनको शव फेला

खगेन्द्र कार्की

फाष्ट मिडिया नेपाल संवाददाता

सुनसरी (दुहवी) । सुनसरीको दुहवी क्षेत्रमा आज एक युवकको शव फेला परेको छ । वडा नं. २ स्थित पचिरा रोड छेउ फेला परेको उक्त शव स्थानीय ४० वर्षीया अजमद हुसैन भएको पारिवारिक स्रोतबाट थाहा भएको छ । मृतकको शरिरमा कुनै चोटपटक नदेखिएको र आफै लडेर निधन भएको जस्तो देखिएको प्रारम्भिक अनुसन्धानमा खुले पनि पोस्टमार्टम रिपोर्ट आएपछि बिस्तृत विवरण खुल्ने इलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ । परिवारका अनुसार बेला बेला बेहोस भईरहने रोगले ग्रसित रहेको जानकारी गराएका कारणले सोही रोगका कारण निधन भएको हुनसक्छे आशंका गरिएको छ । 


खगेन्द्र कार्की
प्रतिक्रिया