सुनसरीको भोक्राहामा उराँव समुदायको राष्ट्रिय करम पुजा विशेष पुजाआजाका साथ मनाइयो

फाष्ट मिडिया नेपाल संवाददाता

भोक्राहा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा उराँव समुदायले मनाउने पवित्र धार्मिक पर्व (करम पुजा) मनाइएको छ । 

भोक्राहा नरसिंह गाउँपालिकाको संयोजनमा वडा नं. १ शान्ति चोक, बाहुनी खोला सुकुम्बासी टोल, लकडा टोल र बखला टोल सहितको सहभागितामा उक्त करम पुजाको आयोजना गरिएको गाउँपालिका अध्यक्ष अजमल अख्तर मियाँले बताए । सो कार्यक्रममा गाउँपालिका अध्यक्षसहित उपाध्यक्ष सुनिता कुमारी उराँव, भोक्राहा नरसिंह नेपाली काङ्ग्रेस सभापति युवराज दाहाल, सविधानसभा सदस्य सुर्य देव दास, समाजसेवि जय प्रकाश ठाकुर ,वडा नम्बर २ का वडा अध्यक्ष आलम अन्सारी लगायतका व्याक्तिहरुले सा कार्यक्रममा शुभकामना दिएका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष मियाँले सबै जातजातिको धर्म, संस्कृति र नागरिकको सुरक्षा गर्नु स्थानीय सरकारको कर्तव्य रहेको बताए । उराँव समुदायको करम पुजाको लागि आउने बर्ष भोक्राहा नरसिंह सबै वडाका करमा पुजाको लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत कार्यक्रममा व्यक्त गरे । 

फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया