भौतिक संरचना निर्माणलगायत आवश्यक बजेट पालिका दिन तयार तर शिक्षामा आमूल सुधार आउनुप¥र्यो : हेमकर्ण पौडेल, मेयर, इटहरी उपमहानगरपालिका

खगेन्द्र कार्की

फाष्ट मिडिया नेपाल संवाददाता

इटहरी । इटहरी उपमहानगरपालिले विकास र समृद्धिको मेरुदण्ड नै शिक्षालाई मानेको छ । शिक्षामा सुधार आए, व्यवहारिक, सुसंस्कृत र बहुउपयोगी दक्ष शिक्षा समाज रुपान्तरणका लागि कोसेढुंगा सावित हुने भन्दै इटहरीका विद्यालयसँग छलफल र परामर्शमा नगरपालिका जुटेको छ । शिक्षामा धेरै विकृति र विसंगति देखिएको भन्दै शिक्षा क्षेत्रभित्र देखिएको राजनीतिकरणलाई पनि निस्तेज तुल्याउने अभियानमा इटहरी उपमहानगरपालिका पुगेको छ । चालु शैक्षिक सत्रबाटै उपमहानगरपालिकाले स्थानीय शिक्षा ऐन २०८० लागु गरर शिक्षा सुधारलाई अगाडि बढाउने भएको छ । इटहरी उपमहानगरपालिकाका नगरप्रमुख हेमकर्ण पौडेल आफ्नो कार्यकाललाई स्वर्णीम बनाउने अभियानमा शिक्षा सुधारलाई मेरुदण्ड मानेका र सोही अनुसार अगाडि बढेको बताउँछन् । 

शिक्षा क्षेत्रको यहि मिसन र यहि अभियान अन्तर्गत कहिले प्रधानाध्यापकसँग छलफलमा जुटेका छन् भने कहिले व्यवस्थापन समितिका अध्यक्षहरुसँग बसेका छन् । गत शनिबार ३७ वटा सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई बोलाएर शिक्षा क्षेत्रमा राजनीति नगर्न र गर्न मन लागेर पेशा छोडेर राजनीतिमा आउन आग्रह समेत गरे । 

मेयर पौडेलले शिक्षकहरू समयमा विद्यालय नजाने र समय अवधिभर नपढाउने गुनासो बढेको भन्दै समयमा विद्यालय नजानेलाई कारबाही गरिने समेत बताए । पोसाक नलगाई विद्यालय आउनेहरूको पोसाक भत्ता समेत कटौती गर्ने मेयर पौडेलको भनाई थियो ।

प्रधानाध्यापकहरुसँगको छलफल, परामर्श र निर्देशन लगत्तै आइतबार विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूको भेला राखेर विद्यालय सुधारमा लाग्न आग्रह गरेका छन् ।  व्यवस्थापन समितिका सबै अध्यक्षहरूलाई मेयर पौडेलले विद्यालय सुधार्न सबैलाई सक्रिय रूपमा लाग्न मेयर पौडेलको आग्रह थियो । उपमहानगरले भौतिक संरचना सँगै आवश्यक बजेट विनियोजन गर्न उपमहानगरपालिका तयार छ तर शिक्षामा व्यापक सुधार हुनु पर्‍यो मेयर पौडेलले अध्यक्षहरू सँग भने ।

जनता माध्यमिक विद्यालय इटहरीका व्यवस्थापन समितिका अध्यक्ष काशीनाथ दंगालले पाँच वर्ष अगाडी सम्म स्थानीय सरकारको बेबस्तामा रहेको विद्यालयलाई अहिले चासोको साथ हेरेको भन्दै खुसी व्यक्त गरे । अहिलेको मेयर साबले शिक्षालाई निकै महत्वका साथ हेर्नु भएको छ हामी मेयर साबलाई साथ दिन तयारी छौ अध्यक्ष दंगालले भने ।


खगेन्द्र कार्की
प्रतिक्रिया