पाठकको पुर्पुरो : वि.सं. २०८० पौष १ गते (तद्अनुसार सन् २०२३ डिसेम्बर १७ तारिख) आइतबार– पौष संक्रान्ति, विवाहपञ्चमी, जनकपुरमा सीता विवाहपञ्चमी मेला, षडानन्द जयन्ती ।

फामिने ज्योतिष

मेष – रोकिएको काम बन्नाले उत्साह जाग्नेछ । धार्मिक क्रियाकलापमा रुचि बढ्ला । शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा बढ्न सक्ने योग छ । रचनात्मक कामले आम्दानीको दिगो स्रोत जुट्न सक्छ । पहिलेको उपलब्धिले काममा उत्साह जगाउनेछ तर पहिलेका सहयोगी प्रतिस्पर्धीका रूपमा देखापर्न सक्छन्, सचेत रहनुहोला । दाम्पत्यसुख बढ्नेछ । आरोग्यता रहनेछ ।

वृष – इर्ष्या गर्नेहरुले फसाउन सक्छन्, चनाखो रहनु हितकर हुनेछ । अस्वस्थताका बीच कामको बोझ बढ्ने समय छ । आश्वासन दिनेले झुक्याउन सक्छन् । पार्टी, पिकनिक वा खानपान समारोहमा सहभागी भइने योग छ । सवल स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । पारिवारिक समस्याको समाधान मिल्नेछ । यात्रापरक काम बन्नेछ ।

मिथुन – दौडधुप बढ्नेछ । विभिन्न अवसर प्राप्त हुनेछन् तर आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् । विवादले मन खिन्न तुल्याउन सक्छ । तर्कशक्ति बढे पनि कुराकानी गर्दा गोपनीयतामा ध्यान दिनुहोला । प्रियजनसँग भेटघाट र प्रसन्नताको समय छ । पराक्रम वृद्धि भइ शत्रुपक्षमाथि विजय प्राप्त हुनेछ । समस्याको समाधान प्राप्त हुनेछ ।

कर्कट – अप्ठ्यारो परिस्थितिमा पनि आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । कामको उपलब्धि देखाएर थप फाइदा उठाउन सकिनेछ भने प्रशंसकहरू बढ्नेछन् । दीर्घकालीन काममा लगानी गर्ने अवसर पनि प्राप्त हुने समय छ । व्यावहारिक झमेला आइलाग्न सक्छन्, तर आँट गर्दा जटिल कामसमेत सम्पादन हुन सक्छ । रसरागमा आकर्षण बढ्नेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

सिंह – पारिवारिक जमघटको फाइदा उठाउँदै विभिन्न परिकारको आनन्द लिन पाइने समय छ । इच्छाशक्ति बढ्ला । टाढाका साथीभाइसँग सम्बन्ध बढ्नुका साथै विशिष्ट व्यक्तित्वहरूसँग मित्रता गाँसिने योग छ । प्रेम र मित्रताको बन्धन कसिलो होला । केही खर्च बढ्ला तर रमाइलो यात्राको अवसर जुट्न सक्छ । मित्रजनको सहयोग रहनेछ ।

कन्या – प्रतिकुलता वृद्धि हुन सक्ने समय भएकोले सावधानी अपनाएर व्यवहार गर्नु हितकर हुनेछ । विश्वास गरेकाले धोका दिनेछन् भने साथीभाइहरू टाढिन सक्छन् । परिस्थितिको बन्धनमा परिने योग भएकाले सजग रहनुहोला । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा खिन्नता बढ्न सक्छ, तथापि सुखदुःखमा साथ दिनेहरू फेला पर्नेछन् । तर्कशक्ति बढ्नुका साथै बौद्धिक क्षमता प्रदर्शन गर्ने मौका आउला । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । यात्रा सफल रहला ।

तुला – व्यस्तता बढ्नेछ । सन्तानबाट सुख र लाभ मिल्ने समय छ । आजको दिन कम बोलेर व्यवहार निप्ट्याउने प्रयास गर्नु हितकर होला । कुरा लगाउनेहरूले आत्मीय सम्बन्धमा फाटो उत्पन्न गर्न सक्छन्, बोली-व्यवहारमा सजग रहनुहोला । हिसाबकिताबमा सावधान नहुँदा विवादमा परिने योग छ । मानसम्मानमा चोट पुग्न सक्छ, सावधान रहनुहोला । विलासी काममा आकर्षण बढ्नेछ ।

वृश्चिक – समय उत्साहवर्द्धक छ । सहयोगीहरू जुट्नाले काममा फाइदा उठाउन सकिनेछ । आँटेका काम बन्नाले जोश–जाँगर बढ्नेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ भने मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ । खर्च भने केही वृद्धि होला । पराक्रम र मान महत्व बढ्नेछ । मिठो भोजन प्राप्त गर्नुहुनेछ । सुख वृद्धि हुनेछ । आरोग्यता रहला ।

धनु – दिन शुभदायी नै छ । मित्रहरूको सञ्जाल फराकिलो हुनुका साथै प्रेमको गाँठो समेत कसिन सक्छ । अरूको भावना बुझ्ने चेष्टा गर्नु हितकर होला । सुखदुःखमा साथ दिनेहरू कमै भेटिनेछन् । परिस्थितिले संघर्षको पाइला चाल्न सिकाउनेछ । व्यवसायमा केही उतारचढाव आए पनि अन्ततः फाइदै हुने योग छ । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।

मकर – कर्मबल बढ्नेछ । मेहनत गर्दा पढाइलेखाइमा प्रगति हुने समय छ । खर्च लागे पनि कामको प्रयत्न सफल होला । स्वास्थ्यमा मौसमी समस्या आउन सक्छ, सावधान रहनुहोला । खानपानमा विशेष ध्यान दिनु हितकर हुनेछ । साझेदारीमा सम्बन्ध बिग्रनाले अप्ठ्यारोमा परिने योग छ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । सन्तानको सुख प्राप्त हुनेछ । नियमकानूनले साथ दिनेछ ।

कुम्भ – अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । खर्च बढ्नाले समस्या उत्पन्न हुन सक्छ । विशिष्ट जनसँग मित्रता बढ्न सक्छतर नजिकका आफन्त टाढिन सक्छन् । पुराना साथीभाइसँग भेटघाट गर्ने अवसर जुट्नेछ । बुद्धिको उपयोगले काम लिने समय छ । सामर्थ्य वृद्धि हुनेछ ।

मीन – आय र अनुकुलता बढ्ने समय छ । समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । भाग्य बलवान् रहनेछ । रमाइलो यात्राका बीच आतिथ्यपूर्ण सम्मान पाइनेछ । आफन्तको साथ भने कमै मिल्नेछ । साझेदारीको काम बन्नेछ । समस्याको समाधान मिल्नेछ ।

फामिने ज्योतिष
प्रतिक्रिया