पाठकको पुर्पुरो ः वि.सं. २०८० फाल्गुण ११ गते (इ.सं. २०२४ फरवरी २३ तारिख) शुक्रबार, सम्पूर्ण जातकका लागि आजको दिन फलदायी बनोस् ।

फामिने ज्योतिष

मेष – आजको दिन नयाँ कामको सुरुवात खासै राम्रो नहोला । कार्यमा हैरानी बढ्न सक्छ, ब्यापार-व्यवसायमा पनि घाटा लाग्ने योग छ । मनमा दुविधाग्रस्त रहन सक्छ । जागिरमा पनि सजक रहनु हितकर होला । सामाजिक काममा नाम रहने योग छ । स्वास्थ्यका दृष्टिकोणले राम्रो समय छ । व्यस्तता बढ्नेछ । बौद्धिकता र रचनात्मकता बढ्नेछ ।

वृष – वैवाहिक जीवन सुखी हुने तथा प्रेम र मित्रताको बन्धन कसिने दिन छ । विभिन्न सहयोग र उपहार पाइएला । चल–अचल सम्पत्तिको कारोबार हुनेछ । पाहुना आगमनको सम्भावना छ । यात्रागत कार्य बन्नाले मन रमाउने छ । पराक्रमका साथै बौद्धिकता र रचनात्मकता बढ्नेछ । आरोग्यता रहनेछ । परिवारिक सुख बढ्नेछ ।

मिथुन – परोपकारकारका क्षेत्रमा मन आकर्षित हुने समय छ । मित्रजनसँग भेटघाट र मिष्ठान्न भोजनको अवसर मिल्ला । दैनिक काम सन्तोषजनक नै सम्पन्न हुनेछन् भने व्यापारबाट पनि राम्रै आम्दानी हुने योग छ । नसोचेको काम बन्ने दिन छ । मिठो भोजन प्राप्त हुनेछ । मान महत्व बढ्नेछ ।

कर्कट – आजको दिन विरोधिपक्ष वा शत्रुले सताउने योग छ, सजक रहनुहोला । खर्च र विवाद पनि हुने देखिन्छ । भौतिक साधनको क्षतिले अनावश्यक धननाशको सम्भावना छ, सवारीसाधन चलाउँदा विशेष सावधानी अपनाउनु हितकर हुनेछ । खानपानमा पनि सचेत रहनुहोला । कतै यात्रा गर्नुछ भने सकभर थाती राखेकै राम्रो हुनेछ ।

सिंह – दिन रमाइलै छ । प्रयत्न गरेका काम ढिलै भए पनि सफल हुनेछ । आफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ । धनजनमा वृद्धि हुने योग छ भने ठुला ब्यक्तिसंग भेटघाट हुन सक्छ । अप्ठ्यारोमा साथ दिनेहरू भेटिनेछन् । केही खर्च बढेपनि समयले साथ दिनेछ । रसरागमा आकर्षण रहला ।

कन्या – आजको दिन नयाँ साथीसँग चिनजान हुने र धनलाभको समेत योग छ । पुराना कामहरु सम्पन्न हुन सक्ने दिन रहेको छ । कामको सफलताले थप काम गर्ने हौसला मिल्नेछ । आयआर्जन होला । यात्राको सम्भावना छ । कतै फसेको रकम छ भने आज उठाउने प्रयत्न गर्दा सफलता मिल्न सक्छ । उच्चाधिकारीको साथ मिल्नेछ ।

तुला – नयाँ काम पाउने योग भएपनि आजको दिन कुनै पनि नयाँ काम नथाल्नु हितकर होला । लेनदेको काम पनि नगरेकै बेश हुनेछ । धनलाभको योग रहेको छ । कृषिको कामबाट विशेष लाभ होला । घरमा पाहुना आगमन हुन सक्छ । रमाइलो यात्राको पनि सम्भावना छ । कुनैपनि समस्याको समाधान मिल्नेछ ।

वृश्चिक – दिन खासै अनुकुल नरहला । आज स्वास्थ्य केही कमजोर रहने तथा व्यर्थको खर्च कुने सम्भावना, सजक रहनुहोला । प्रेममा पनि धोका हुन सक्ने योग छ । सानातिना काममा महत्वपूर्ण समय बित्नेछ । सहयोगीहरूको साथ दिए पनि काम पूरा नहुने सम्भावना छ । दौडधुप बढ्नेछ । कठोर मिहिनेतले काम बन्नेछ ।

धनु – काममा सोचेजस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने दिन छ, तर ठूलो सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्, सचेत रहनुहोस् । आजको दिन स्वास्थ्यका लागि आहारविहारमा विशेष सतर्क रहनु हितकर हुनेछ । रसरागको काममा आकर्षण बढ्नेछ । उल्लासका साथ दिन बित्ला ।

मकर – परिवारजनका इच्छा पूरा गर्न सकिने समय छ । धन आर्जनका नयाँ बाटा खुल्नेछन् भने खर्च भन्दा कमाइ नै बढी हुनेछ । वैदेशिक क्षेत्रको लगानीमा फाइदै होला । कृषिक्षेत्रमा भने अलिक बढी परिश्रम र लगानी गर्नुपर्ने योग छ । माता पितासंगको भेटघाटले मनमा हर्ष उल्लास छाउने सम्भावना छ । दामपत्यसुख बढ्नेछ ।

कुम्भ – दिन शुभदायी छ । कामहरु सजिलैसँग बन्नेछन् । कामेच्छा पनि वृद्धि हुने योग छ । विपरितलिङ्गीको सहयोग प्राप्त भइ मन हर्षित होला । अध्ययन तथा अध्यापनमा सफलता मिल्ने एवम् काममा पनि जाँगर थपिने देखिन्छ । आको दिन धनलाभको सम्भावना छ । पारिवारिक सुख मिल्नेछ । अनुकूलता बढ्नेछ ।

मीन – आजको दिन खासै उत्साहजनक नरहला । पेशागत रुपमा समस्या देखिन सक्छ भने वादविवादको सामना गर्नुपर्ने योग छ । घरपरिवारमा केही मनमुटाव हुन सक्छ । शारीरिक प्रतिस्पर्धाका कामतिर मन जानेछ, तर सफलता प्राप्त गर्न मुस्किल पर्ला । बित्थामा समय बित्न सक्छ । चाहेअनुसार कार्य नहुनाले मनमा उदासिनता बढ्न सक्छ भने काममा अवरोध सिर्जना गर्नेहरु सक्रिय हुनसक्छन्, सचेत रहनुहोला । रसरागमा आकर्षण बढ्नेछ ।

फामिने ज्योतिष
प्रतिक्रिया