कारागारमुक्त भए लालबहादुर विश्वकर्मा, स्वागतका लागि झुम्का कारागारबाहिर भिड

खगेन्द्र कार्की

फाष्ट मिडिया नेपाल संवाददाता

इटहरी । बैंक तथा वित्तीय कारोबार र ठगी गरेको आरोपमा थुनामा परेका इटहरीका लालबहादुर विश्वकर्मा कारागारमुक्त भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका अभियन्ता समेत रहेका विश्वकर्मालाई निर्दोष सावित भएपछि आज (बुधबार) दिउँसो कारागारमुक्त भएका हुन् । इटहरी उपमहानगरपालिका १९ ब्रह्मपुर निवासी  विश्वकर्मालाई सुनसरीको झुम्का कारागारमा स्वागत गर्न रास्वपाका अभियन्तासहित परिवार, आफन्तजन र शुभचिन्तकहरुको बाक्लो उपस्थिति रहेको रास्वपा कोशी प्रदेश प्रवक्ता कमलबाबु मैनालीले बताए ।

जिल्ला अदालत सुनसरीको फैसलापछि करिब सात महिना कारागारमा रहेका विश्वकर्मालाई मंगलबार उच्च अदालत विराटनगरले सफाई दिएको थियो ।

उच्च अदालत विराटनगका न्यायाधीशद्वय विपुल न्यौपाने र मिलनकुमार राईको मंगलबारको संयुक्त इजलासको आदेशसँगै उनी थुनामुक्त भएका हुन् ।


खगेन्द्र कार्की
प्रतिक्रिया