सामाजिक अभियानमा अब्बल मोसु कतारको १९औँ साधारण सभा आउँदो शुक्रबार, तयारी पुरा

Maeve

आउँदो शुक्रबार मोरङसुनसरी सेवा समाज (मोसु) कतारमा मोसु अभियन्ताको उत्सवमय गरिमामय तथा ऐतिहासिक १९ औं साधारणसभा आयोजना हुँदैछ । मोसु अभियानको जन्मभूमि कतारले मोरङसुनसरीको चाहना, सक्षम र समृद्ध समाजको स्थापना” भन्ने मूल नाराका साथ स्थापना भएको संस्थाले साधारण सभा ६ फेब्रुअरी २०२६ (शुक्रबार) का दिन भव्यताका साथ सम्पन्न गर्ने गरी सम्पूर्ण तयारी पुरा गरेको छ । रोचक पक्ष त के छ भने यो साधारणसभाबाटै नयाँ नेतृत्वसमेत चयन हुने भएकोले मातृभूमिमा चलिरहेको चुनावी माहोललाई एक दिन भए पनि मोसुले आफ्नो कार्यक्रमस्थलमा कैद गर्ने भएको छ । 

उक्त साधारण सभा दोहा स्थित एशियन टाउन, प्लाजा मलभित्रको लालीगुराँस रेस्टुरेन्टको सभा हलमा दिउँसो १२ बजेदेखि  सञ्चालन हुने कार्यक्रम रहेको छ।

कार्यक्रमको तयारी पूर्ण रूपमा सम्पन्न भइसकेको जानकारी दिँदै मोसू कतारका सचिव अच्युत भट्टराईले समाजका सम्पूर्ण मानार्थ सदस्य,आजीवन तथा साधारण सदस्य, शुभेच्छुक तथा मोरङसुनसरी जिल्लासँग सम्बन्धित नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा उपस्थित भई साधारण सभालाई सफल र गरिमामय बनाउन हार्दिक अनुरोध गरेका छन्।

साधारण सभा कार्यक्रममा विभिन्न साहित्यिक तथा सांस्कृतिक कार्यक्रमहरू पनि प्रस्तुत हुने भएका छन् । 

कतारकै अग्रणी जिल्ला  संस्थामध्ये एकका रूपमा परिचित मोरङसुनसरी सेवा समाज, कतारले दुई जिल्लालाई समेटेर सामाजिक सेवा गर्दै आइरहेको उल्लेख गर्दै, संस्थाले नेपालका मोरङ र सुनसरी जिल्लाका विभिन्न क्षेत्रमा विपद् तथा संकटको समयमा परेकाहरूलाई निरन्तर सामाजिक सहयोग र राहत सेवा प्रदान गर्दै आएको मोसू कतारले जनाएको छ ।

कतारमा पारिवारिक गर्जो टार्न पुगेका मोरङसुनसरीका युवाहरुको सक्रियतामा ऐतिहासिक तथा गर्भिलो संस्था मोरङसुनसरी सेवा समाज २००१ मा सुरु गरेका हुन । यसै संस्थाले ऐतिहासिक सेवामूलक कामहरु गरेको छ । चाहे प्रवासमा होस् वा स्वदेशमा । आइपर्दा जहाँ पनि मन र धन पु¥याउने यो संस्थाले विभिन्न देशहरुमा आफ्ना प्रवास समिति बनाएर शसक्त र शक्तिशाली सामाजिक अभियन्ता बनिरहेको र अझै धेरै देशमा यसको पहल भईरहेको छ ।  दोहा, कतारबाट


Maeve
प्रतिक्रिया