कोशी प्रदेशको पाँचौं मुख्यमन्त्रीमा नियुक्त भए थापा, भने नामाकरण तत्काल फेरिँदैन

खगेन्द्र कार्की

फाष्ट मिडिया नेपाल संवाददाता

विराटनगर । कोशी प्रदेशमा पाँचौं मुख्यमन्त्रीमा नियुक्त हुने वित्तिकै उद्धव थापाले भने– पहिचानको मुद्दा सम्बोधन गर्छौ तर तत्काल नामाकरण फेरिँदैन । 

नवनियुक्त मुख्य मन्त्री थापाले पहिचानको मुद्दालाई पनि अधिकतम्रूपमा सम्बोधन गर्ने भन्दै पहिचानको मुद्दामा आन्दोलन गरिरहेकाहरुलाई सान्त्वना दिने कुरा भने बताएका छन् । उनले भने– “हामीले अहिले उठिरहेको आन्दोलनलाई चाहिँ अधिकतम्रूपमा सम्बोधन गर्छौँ । पहिचानलाई सम्बोधन गर्छौँ । वार्ता समिति बनाएर यसलाई सम्बोधन गर्न सकिन्छ,” मुख्यमन्त्री नियुक्त भएपछि पत्रकारहरूसँग उनले भने ।

थापा बिहीबार मात्रै मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । प्रदेश प्रमुख परशुराम खापुङले उनलाई नेपालको संविधानको धारा १६८ को २ अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।


खगेन्द्र कार्की
प्रतिक्रिया