सुनसरीको बर्जु गाउँपालिकामा ३ जनामा दादुरा पुष्टि

खगेन्द्र कार्की

फामिने संवाददाता

दुहवी । सुनसरीको बर्जु गाउँपालिकामा ३ जनामा दादुरा पुष्टि भएको छ । बर्जुको वडा नं २ मा सात महिने बच्चामा दादुरा पुष्टि भएपछि नमूना सङ्कलनपछि परीक्षण गर्दा थप दुई जनामा दादुरा पुष्टि भएको हो । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सागर प्रसाईका अनुसार शरीरमा बिमिरा आउनुका साथै ज्वरो आएपछि दुवै जनाको स्वास्थ्य परीक्षण गर्दा दादुरा पुष्टि भएको हो । बर्जुमा दादुराको आशङ्कामा अन्यको नमूना सङ्कलन गरेर परीक्षणका लागि पठाइएको छ । बर्जुमा दादुरा पुष्टि भएसँगै पछिल्लो एक महिनाभित्र ५ वर्षमुनिका बालबालिकामा बिमिरा र ज्वरो आउनेजस्ता लक्षण देखापरे नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न स्वास्थ्य कार्यालय सुनसरीले आग्रह गरेको छ ।

खगेन्द्र कार्की
प्रतिक्रिया