फाष्ट मिडिया नेपाल न्युज डेक्स
इटहरी । २३८ वर्षे शाहवंशीय राज्यसत्ताको अन्त्य गरेर २०६५ जेठ १५ मा देश संघीय लोकतान्त्रिक गणतन्त्र बन्यो । डेढ दशक पुगिसकेको गणतन्त्रसहितका उपलब्ध रक्षा गर्न नसकिनेपो हो कि भन्ने त्रासमा यतिखेर प्रधानमन्त्री पुष्पकमल दाहाल रहेका छन् । खास गरेर २०४६ पछि आएको परिवर्तनका पक्षधरहरुले तीन दशक बढी समय व्यतित गर्दा पनि जनताको मन जित्न नसकेर यतिखे घेराबन्दीमा पर्ने छनक देखेपछि प्रचण्ड डराउन थालेका हुन् । नेपाली कांग्रेस, माओवादी र नेकपा एमालेका नेता तथा कार्यकर्ताको सुविधाभोगी कार्यशैली, धन आर्जनको लालसाले जनताको नजरमा बिझाए । फलस्वरुप उनीहरुलाई अब आउने ८४ को निर्वाचनमा घेराबन्दीमा पार्ने रणनीति लिएपछि पार्टीसहित संघीय लोकतान्त्रिक गणतन्त्रका उपलब्ध रक्षाको लागि आग्रह गर्दै प्रधानमन्त्री प्रचण्डले माओवादी केन्द्रका युवा संगठन वाइसिएलका नेताहरुसँग भेटघाटसहित छलफल र निर्देशन गरेका छन् ।
सोमबार दिउँसो प्रधानमन्त्रीनिवास बालुवाटारमा वाइसिएल नेता रामप्रसाद सापकोटा दीपशिखासहितका नेतासँग समसामयिक विषयमा कुराकानी तथा छफल गरेका छन् । उक्त भेटका अवसरमा प्रधानमन्त्री प्रचण्डले वाइसिएल नेतालाई माओवादीको एजेण्डाको सुरक्षा गर्न आग्रह गरेको सहभागी वाइसिएल नेता दिपशिखाले प्रचण्डलाई उदृत गर्दै सञ्चारकर्मीलाई बताए । उनका अनुसार प्रचडले वर्तमान सरकार सुशासनको पक्षमा दृढ भएर लागि परेको भन्दै त्यसको प्रसार गर्न पनि वाइसिएललाई आग्रह गरे । माओवादीको एजेण्डा अरुले खोस्ने जस्तो अवस्था देखा पर्यो । भ्रष्टाचारी नै भ्रष्टाचार विरोधी जस्ता देखा परे । नयाँ खालका भनिएकाको अवस्था पनि त्यस्तै देखियो । यतिबेला नयाँ तरिकाको क्रान्ति सुरु भएको छ। यसलाई सफल बनाउन नयाँ तरिकाले जानुको विकल्प छैन भन्ने कुरा प्रधानमन्त्री प्रचण्डले गरेको ति नेताले बताए । प्रचण्डले वाइसियल पदाधिकारीसँग करिब दुई घण्टा बिताएका थिए ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो