शोकै शोकमा डुब्दै भोजपुरको हतुवागढी

फाष्ट मिडिया नेपाल संवाददाता

केही दिन मात्र धरानबाट भोजपुरको हतुवागढी र आमचोकका यात्रु बोकेर हिंडेको बुलेरो उदयपुरमा दुर्घटना हुँदा ज्यान गुमाएका ९ जनामध्ये ८ जना हतुवागढीकै परे । त्यो विपत्तिबाट आँशु नसुक्दै फेरी हतुवागढी ७ पिप्लेमा शनिबार भएको आगलागीमा परेर एकै घरका एक बालक, २ बालिका गरी ३ जनाको ज्यान गयो । जिल्लाको दक्षिणी हतुवागढी ७ पिप्लेमा शनिबार अपरान्ह आगलागी हुँदा एकैघरका तीन बालबालिकाको जलेर ज्यान गएको हो । 

प्रहरीका अनुसार,स्थानीय केदार कार्कीको गोठमाआगलागी हुँदा त्यहाँ खेलिरहेका एकै परिवारका ७ वर्षीया दिपशिखा कार्की, ५ वर्षीय प्रनिश कार्की र ३ वर्षीय दियुनिष कार्कीको जलेर ज्यान गएको हो । ज्यान गुमाउने बालबालिका केदार र उनका भाइ रमेशका छोराछोरी भएको जिल्ला प्रहरी कार्यालय भोजपुुरले जनाएको छ । आगलागीका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । हतुुवागढीले पछिल्लो समयमा थप माथि थप विपदको सामना गरेर पीडा बोक्दै गईरहेको छ । 

यसैबीच शनिबार नै भोजपुरकै टक्सार बजारमा आगलागी हुँदा ७ घर र १० गोठ जलेको प्रहरीले जनाएको छ । हावाहुरीका कारण स्थानीय बनमा सल्किएको डढेलो बस्तीमा पस्दा सो आगालागी भएको बताइएको छ । 


फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया