मुकुम्लुङकाे ऐतिहासिकता माथी भएको अतिक्रमणकाे बिराेधमा इटहरीमा र्याली तथा काेणसभा

सुप्रिया राई

इटहरी । ताप्लेजुङको फुङ्लिङ नगरपालिका स्थित आदिवासी लिम्बू याक्थुम समुदायको सास्कृतिक एवं आध्यात्मिक बिस्वासकाे केन्द्र मुकुम्लुङकाे ऐतिहासिकता माथी भएको अतिक्रमणकाे बिराेधमा इटहरीमा र्याली तथा काेणसभा गरिएको छ ।

र्यालि तथा प्रदर्शन गर्ने क्रममा इटहरी चाेक देखि सयकिलाे मिटर उतर धरान लाइनमा बिराेध र्याली प्रदर्शनकारीलाई प्रहरीले घेराउ गरिएको थियाे भने साेहि ठाउमा प्रदर्शनकारीहरुले काेणसभा गरि बिराेध गरेका थिए ।

मुकुम्लुङ्ग माथि हस्तक्षेप नाे केवलकार,केवलकार खारेज गर,प्रहरी दमन बन्द गर,गाेली चलाउन पाइदैन,हाम्राे आन्दोलन जारी छ,जस्ता नारा सहित प्रदर्शनकारीले बिराेध गरेका थिए ।

प्रहरीको हस्तक्षेपले मुुकुम्लुङ्गका आस्था र धराेहर संरक्षणकर्ता ३ जना गम्भीर घाइते भइ काठमाडौंमा उपचारत रहेका छन भने दर्जनौं घाइते अबस्थामा उपचारत छन् ।

सुप्रिया राई
प्रतिक्रिया