भारतकाे चेन्नईमा हुने एथलेटिक्स प्रतियोगिताका लागि खेलाडी बिदाइ

सुप्रिया राई

इटहरी । भारतको चेन्नईमा १४ दिनसम्म सञ्चालन हुने एथलेटिक्स च्याम्पियनसिपमा भाग लिन जाने दुई जना भेट्रान खेलाडीलाई इटहरीमा एक औपचारिक समारोहका बीच बिदाइ गरिएको छ।

भारतकाे चेन्नाईमा हुनगइरहेकाे  एसियन भेट्रान एथलेटिक्स प्रतियोगितामा नेपालबाट कुल 28 जना खेलाडी सहभागी हुनेछन्। सोही क्रममा विराटनगरका भेट्रान खेलाडी गौतम चौधरी र सुनिल लालवानीलाई भेट्रान कमिटीका केन्द्रीय आजीवन सदस्य चन्दनलाल चौधरीले एक कार्यक्रमका बीच बिदाइ गरेका हुन्।

कार्यक्रमका प्रमुख अतिथि इटहरी उपमहानगरपालिका–८ का वडा अध्यक्ष रोहित चौधरीले खेलाडी दुबैजनालाई उत्कृष्ट खेल प्रदर्शन गरी पदक जितेर देशको गौरव बढाउन शुभकामना व्यक्त गरे।

त्यस्तै, विशिष्ट अतिथि पूर्व एथलेटिक्स प्रशिक्षक तथा नेपाल एथलेटिक्स संघका उपाध्यक्ष जितेन्द्र चौधरी र थारु संघकी केन्द्रीय सदस्य उर्मिला गच्छदारले पनि खेलाडीहरूलाई सफलताको शुभकामना दिँदै विजयी फर्कने विश्वास व्यक्त गरे।

बिदाइ कार्यक्रममा अन्य खेलकर्मी तथा सामाजिक व्यक्तित्वहरूको पनि उपस्थिति रहेको थियो ।

सुप्रिया राई
प्रतिक्रिया