सन्ध्याकालिल महिला कृषि सहकारीले ४ जना उत्कृष्ट कृषकलाई सम्मान गरेकाे छ

सुप्रिया राई

इटहरी । सन्ध्याकालिन महिला कृषि सहकारी सस्थाकाे १३ अैा बार्षिक साधारणसभाकाे अवसरमा ४ जना उत्कृष्ट ब्यावसायीहरुलाई सम्मान गरेकाे छ ।

संस्था बाट ऋण लिएर गाई,बाख्रा ,बंगुर पालन गरि संस्थाको नीति नियम पालना गरि राम्रो आयआर्जन गरिरहेका दुर्गा पाेखरेल,मेनुका दाहाल,सर्मिला मगर,लालसरी सदा लाई सम्मान गरिएको हाे ।

इटहरी वडा नम्बर १७ मा रहेको सन्ध्याकालिन महिला कृषि सहकारी संस्थाले ५ लाख भन्दा बढि आम्दानी गरिसकेको र यसले महिलाहरु आर्थिक रुपमा बलियाे भएकाे कार्यक्रमका प्रमुख अतिथि तथा वडा नम्बर १७ का वडा अध्यक्ष प्रभाव आचार्यले बताए ।

यसरी महिलाहरुले कृषिमा लगानी गरेर आर्थिक रुपमा पुरुषमा आश्रित नभई आर्थिक आयआर्जन गरिरहेकाे अवस्थामा वडा कार्यलय,नगरपालिकाले समन्वय गरि काम गर्न जरुरी रहेकाे समेत वडा अध्यक्ष आचार्यले बताए ।

सन्ध्याकालिन महिला कृषि सहकारीले कृषिमा लगानी गर्नका साथै विभिन्न माता तिर्थ अैासी,तिज लगायतका पर्बहरुमा आमा,बुबाहरुलाई मिठाे खुवाउने सम्मान गर्ने जस्तो सामाजिक कामहरु गर्दै आएकाे छ ,संस्थाकाे अध्यक्ष माया वस्तिकाे सभापतित्वमा भएकाे साे कार्यक्रममा विभिन्न संघसंस्थाकाे प्रतिनिधिहरुकाे उपस्थिति रहेकाे थियाे ।


सुप्रिया राई
प्रतिक्रिया