पत्रकार महासंघ तथा प्रेस युनियन धनकुटाका पूर्व अध्यक्ष घिमिरेलाई पितृ शोक, धनकुटा कांग्रेसद्धारा शोक विज्ञप्ति जारी

फाष्ट मिडिया नेपाल संवाददाता

धनकुटा ९ कार्तिक ,  नेपाली कांग्रेस धनकुटाका प्रवक्तासमेत रहेका नेपाल पत्रकार महासंघ धनकुटा र नेपाल प्रेस युनिन धनकुटा जिल्लाका पूर्व अध्यक्ष खगेन्द्र प्रसाद घिमिरे पितृशोकमा परेका छन् ।  बुबा चिरन्जीवी  घिमिरेको ८० वर्षको उमेरमा निधन भएपछि पूर्व अध्यक्ष घिमिरेलाई पितृशोक परेको हो ।

पूर्व अध्यक्ष  घिमिरेका पुज्य पिता चिरन्जीवी प्रसाद घिमिरेको निधनमा नेपाली कांग्रेस धनकुटाका सभापती दिनेश राई र सचिव विजय सन्तोषी राईले शोक विज्ञप्ती प्रकाशित गरी समवेदना व्यक्त गरेका छन् । 

धनकुटा कांग्रेसका अभिभावक समेत रहेका स्व. पिता घिमिरे प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल सम्पूर्ण परिवारजन प्रति  समवेदना व्यक्त गरिएको  धनकुटा कांग्रेसद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

२००० सालमा जन्मिएका धनकुटा कांग्रेस अभिभावक घिमिरेको निधनले नेपाली कांग्रेस धनकुटालाई अपुरणीय क्षति पुगेको समेत जारी शोक विज्ञप्तिमा उल्लेख छ । 

लामो समयदेखी श्वासप्रश्वास रोगबाट ग्रसित स्व्. घिमिरेको श्रीमती राधादेवी घिमिरे, छोरा तथा बुहारीहरु तिर्थ प्रसासद÷ गायत्रा घिमिरे, खगेन्द्र प्रसाद÷ प्रमिला घिमिरे र नगेन्द्र प्रसाद÷रिना घिमिरे र छोरी ज्वाई गिता ÷ उपेन्द्र अर्याल तथा नाती नातीनीहरु रहेका छन् ।

नेपाल पत्रकार महासंघ धनकुटा शाखाका सचिव हरी वहादुर लम्जेलले पनि महासंघको तर्फबाट शोक विज्ञप्ती प्रकाशित गरी पूर्व अध्यक्ष घिमिरेको बुबाको निधनले मर्माहत बनाएको भन्दै  शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेको छ ।

फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया