कांग्रेस नेताको क्रुरतापूर्वक हत्या गर्न खोजिएको विरोधमा धनकुटा कांग्रेसद्धारा भत्र्सना

फाष्ट मिडिया नेपाल संवाददाता

धनकुटा । नेपाली कांग्रेस धनकुटाले विज्ञप्ती प्रकाशित गरी  नेपाली कांग्रेसका लोकप्रिय नेता  तथा  पाख्रिवास नगरपालिका वडा नं. ६ का   वडाध्यक्ष देवेन्द्र गुरागाई र परिवारको हत्या गर्नका लागी   अस्ती राती  घर वाहिर चावी लगाई   घरमा आगजनी गरेको  अमानवीयपूर्ण घट्नाकोे विरोध गर्दै अपराधिलाई कडा कारवाहीको माग गरेको छ । सो घटनालाई लिएर वडाध्यक्ष गुरागाईद्धारा घटना भएकै दिन जिल्ला प्रहरी कार्यालय धनकुटामा कारवाहीको माग गर्दै किटानी जाहेरी दिएका छन् ।

नेपाली कांग्रेस धनकुटाका सभापति दिनेश राई र सचिव विजय सन्तोषी राईद्धारा संयुक्त रुपमा जारी गरिएको विज्ञप्तीमा पार्टीका नेता तथा वडाध्यक्ष दवेन्द्र गुरागाई र उनका परिवारको हत्या गर्ने उद्देश्यले रातको समयमा सुतिरहेको अवस्थामा वाहिरबाट चावी लगाएर घरमा आगजनी गर्ने अपराधीलाई कडा भन्दा कडा कारवाहीको माग गर्दै घट्नाको निष्पक्ष छानमिन गर्न समेत माग गरेका छन् । 

जघन्न  तथा अक्षम्य अपराध पूर्ण घट्नामा संलग्न पाख्रिवास वडा नं. २ स्थानीय घर भई हाल पाख्रिवास वडा नं. ६ का वडाध्यक्ष गुरागाईकै घर नजिक मावली घरमा वस्दै आएका शुसिल  अधिकारीलाई घट्ना भएकै भोलिपल्ट विहान  प्रहरीले नियन्त्रण लिएकोले घट्नाको  सुक्ष्म र विस्तृत अनुसन्धान  गरी अपराधमा संलग्न थप अपराधिहरु समेत पत्ता लगाई सवै अपराधिहरुलाई  कडा कारवाही गर्न समेत विज्ञप्ती मार्फत नेपाली कांग्रेस धनकुटाले माग गरेको छ ।       

त्रासदीपूर्ण अक्षम्य अपराजजन्य घट्नाको नपाली कांग्रेस धनकुटाले विरोध गर्दै यस घट्नाबाट अलिकती पनि त्रसित, होतोत्साही र बिचलन नहुन  वडाअध्यक्ष  गुरागाई र उनका परिवारजनमा आग्रह गर्दै पीडितको साथमा पार्टीपंक्ती रहेको समेत सभापति दिनेश राई र सचिव विजय सन्तोषी राईले हस्ताक्षर गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।  

घट्नामा संलग्न  युवक शुसिल अधिकारीलार्ई  कडा कारवाहीको माग गर्दे थप अनुसन्धन गरी घट्नामा संलग्न अपराधिहरुलाई समेत  कारवाही गर्न आजै वडाध्यक्ष तथा नेपाली काग्रेस धनकुटाका नेता देवेन्द्र गुरागाईले पाख्रिवास नगरपालिकाका मेयर ज्ञान वहादुर गुरुग, नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राई, माओवादी केन्द्र धनकुटाका सचिव ओम प्रकाश निरौला, जसपा धनकुटाका सहसचिव तथा अधिवक्ता नारायण जुन राई, नेपाली कांग्रेस पाख्रिवास नगरका सचिव तथा वडा नं. ४ का वडाध्यक्ष सन्तोष मानन्धर, वडा नं. ५ का नेपाली कांग्रेसका वडा सभापति पासाङ्ग तामाङ लगायतको टोली सहित गई जिल्ला प्रहरी कार्यालय धनकुटामा किटानी जाहेरी दर्ता गरिएको धनकुटा कांग्रेसले विज्ञप्तिमा जनाएको छ ।


फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया