फाष्ट मिडिया नेपाल न्युज डेक्स
इटहरी । नेपालीको मुख्य पेशा कृषि भएकाले करिब ८० प्रतिशत नेपालीको बाँच्ने आधार कृषि भए पनि कृषि व्यवसायिक र उत्पादनमुखी बन्न सकेका छैन । कृषिप्रधान मुलुक भनिए पनि त्यसको मर्ममाथि डाइभर्ट गरेर कृषि उत्पादन र देशलाई आत्मनिर्भर बनाउनेमा नेपालका शासक चुकिरहेका छन् । जनवायु परिवर्तनका कारण वर्षा कृषि प्रतिकुल बन्दै गईरहेको छ । वर्षा विध्वंसकारी बनेर ठूलो मात्रामा जनधनको क्षति पु¥याउने गरेको छ । केही दशक अगाडिको जस्तो वर्षामा एकरुपता देखिँदैन । सामान्य देखि अविरल वर्षासम्म कृषि अनुकुल देखिँदैन । समयमा पानी नपर्नाले र सबैतिर सिंचाईको सुविधा नभएका कारणले कतिपय भुगोलमा बिउ राख्न पनि मुस्किल परिरहेको अवस्थाबाट कृषि पेशा गुज्रिएको छ । बिउ राखेका भुगोलमा रोपाई गर्ने हतारो छ तर वर्षा नै उट्पट्याङ भईदिएकाले मानो रोपेर मुरी फलाउन निकै कठिन हुन पुगेको छ । यद्यपि कोशी प्रदेशमा १५ देखि २० प्रतिशतको हाराहारीमा रोपाई भईसकेको तथ्याङ्क बाहिरिएको छ ।
आजभन्दा तीन दशक अगाडि अर्थात देशमा लोकतन्त्रका लागि लडाई गर्दैगर्दासम्म धान दिवस उत्सव थिएन । असार १५ मिठो खाने र सामुहिक रोपाई गरी वर्षभरि खान्ने अन्नको जोहो गर्ने आधार मात्र थियो । पहाडी क्षेत्रका ठूला ठूला खेतमा बेठी लगाएर पञ्चे बाजासहित गाउँघरका सबैलाई बोलाएर धान दहि, चिउरा, केरा खाँदै हिलोमा रमाइलो हुन्थ्यो । तर आज त्यसको प्रकृति फेरिएको छ । हिजो आज देशका अधिकांश भुभाग बाँझो छन् । खेति योग्य जमिनहरु चक्लाबन्दी भएर घना बस्तिमा परिणत भएको छ । यद्यपि भएको खेतिलाई व्यवसायिक रुपमा उत्पादनसँग जोडेर दिवसकै रुपमा मनाउन थालेको पनि २० वर्ष भईसकेको छ । एउटा विशुद्ध रुपमा धान र झरी र असार १५ सँग सम्बन्धित रहेर उत्पादनसँग मात्र जोडेर मनाईने धान दिवस पछिल्लो समयमा ग्लामरस बन्दै विवादित समेत बनेको छ । यसअघिका कृषि मन्त्रीहरु समेत खेता पसेर महिलाहरुसँग धान मनाएका तस्बिरले उनीहरुलाई निकै विवादित बनाएकै छ ।
यस पटक पनि ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादन वृद्धि’ मूल नाराका साथ आज शुक्रबार देशैभर २० औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइँदै छ । विगतका भएका धान दिवसा दिनका घटनाले पक्कै पनि चेत खुलेको हुनुपर्दछ । यस पटक भने नारालाई सार्थक तुल्याउने गरी धान दिवस मनाउने जमर्को पक्कै हुँदै होला ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतका विभिन्न निकाय तथा विभागले विचार गोष्ठी, तथा रोपाइँ गरेर महोत्सव मनाइने कृषि विभागका महानिर्देशक एवं धान दिवस तथा रोपाइँ महोत्सव मूल आयोजक समितिका अध्यक्ष डा. हरिबहादुर केसीले बताए।
‘मानो रोपेर मुरी फलाउने’ दिनका रूपमा पनि यो धान दिवस तथा रोपाइँ महोत्सवका रूपमा मनाउने गरेको छ । यो दिवसका दिन अधिकांश स्थानमा रोपाइँ सुरुवात गर्ने गरेको पाइन्छ । खेतमा रोपाइँ गरी दही चिउरा खाने भएकाले यस दिनलाई दही चिउरा खाने दिनका रूपमा पनि मनाउने गरेको बताइन्छ ।
धान रोपाइँ महोत्सवका अवसरमा रोपाइँ गर्ने दिन हिलो छ्यापेर पनि मनाउने गरिन्छ । पोखरा, चितवनलगायतका ठाउँमा विशेष महोत्वसका रूपमा यो दिनलाई मनाउने गरिन्छ ।
ती ठाउँमा विदेशी पर्यटकको पनि सहभागिता हुन्छ । रोपाइँ गर्दैगर्दा विदेशी पर्यटकले हिलो छ्यापेर महोत्सव मनाउने गरेको पाइन्छ । आजकै दिन विभिन्न दलका नेताहरु पनि खेतमा पुगेर हिलो छुने गरेका छन् ।
वर्षैभरी किसानसँग नदेखिने नेता असार १५ गते भने र मिडियामा देखिनरसुनिनकै लागि खेतमा देखा पर्ने गरेको भनेर आलोचना पनि हुने गरेको छ ।
कृषिप्रधान देश नेपालमा खाद्य सुरक्षाको प्रमुख आधारका रूपमा रहेको धानको उत्पादनलाई महत्व दिँदै आएका कारण सरकारले असार १५ राष्ट्रिय धान दिवसका रूपमा मनाउँदै आएको महानिर्देशक केसीले बताए ।
प्रमुख खाद्यान्न बाली धान खाद्य सुरक्षाको प्रमुख आधार रहेको बताउँदै उहाँले यसको आर्थिक, सामाजिक, सांस्कृतिक र धार्मिकलगायत महत्त्व रहेको बताउनुभयो । धान एक बाली मात्र नभई औसत नेपालीको जीवन पद्धति पनि हो ।
धानको यिनै विविध महत्त्वलाई दृष्टिगत गरी यसको उत्पादन वृद्धि एवं आधुनिकीकरण र व्यवसायीकरणलाई प्रवर्धन गर्ने उद्देश्यले २०६१ सालदेखि नियमित रूपमा प्रत्येक वर्ष असार १५ मा राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइँदै आएको छ ।
चालु आर्थिक वर्षमा धानको उत्पादनमा वृद्धि भएको छ । यस वर्ष ५४ लाख ८६ हजार ४७२ टन धान उत्पादन भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । यो परिमाण २०७८र७९ को तुलनामा तीन लाख ५५ हजार ८४७ टन बढी उत्पादन भएको हो । आगामी आवमा पनि धान उत्पादनमा वृद्धि हुने अनुमान सरकारले गरेको छ ।
आर्थिक सर्वेक्षण अनुसार धानलगायतका बर्खे बालीको उत्पादनमा वृद्धि भए पनि हिउँदे बालीका साथै दुध, अन्डा तथा मासुको उत्पादनमा केही ह्रास भएको हुँदा यस क्षेत्रको कुल मूल्य अभिवृद्धि सामान्य वृद्धि अनुमान गरिएको छ ।
विगतका वर्षदेखि कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान क्रमशः घट्दै गइरहेको छ । आव २०७०र७१ मा कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान ३०।३ प्रतिशत रहेकामा चालु आर्थिक वर्षमा यस्तो योगदान २४।१ प्रतिशत रहने अनुमान गरेको छ ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो