फाष्ट मिडिया नेपाल (फामिने) न्युज डेक्स
इटहरी । यहि हप्ता सरकारले देश आर्थिक रुपबाट विषम परिस्थितिमा रहेको र उपभोक्ताको क्रयशक्ति प्रतिकुल बनेको अवस्थामा मूल्य नियन्त्रण होइन बृद्धि गरिरहेको छ । गत हप्ता मात्र ग्यासमा भारी मूल्य बृद्धि गरेको सरकारले किसानलाई राहत दिने नाममा प्रतिलिटर १० रुपैयाँ मूल्यबृद्धि गरेको छ भने एलपी ग्यासमा प्रति शिलिण्डर ३ सय बढाएर २१ सय पु¥याएको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाएको हो । किसानले पाउने दूधको न्यूनतम मूल्य अब प्रतिलिटर ५६ रुपैयाँ ४० पैसा बाट बढेर ६५ रुपैयाँ ५० पैसा बनाउने निर्णय भएको एक मन्त्रीले जानकारी दिए ।
‘किसानले दूधको उचित मूल्य पाउन नसकेको गुनासो गरिरहेको बेला किसानको हितलाई ध्यानमा राखी दूधको न्यूनतम मूल्य निर्धारण गरिएको हो’ उनले भने । यसको भार सिधै उपभोक्तामा पर्नेछ ।
अब उपभोक्तालाई दूधको मूल्य कम्तीमा प्रतिलिटर १० रुपैयाँ बढ्नेछ । सरकारी स्वामित्वको डीडीसीले हाल फ्याट निकालिएको निलो प्याकेटको दूध प्रतिलिटर ८६ रुपैयाँमा बिक्री गर्दै आएको छ ।
अब सो दूधको मूल्य ९६ रुपैयाँभन्दा बढी पर्नेछ । दूधको मूल्य बढेपछि दुग्धजन्य अन्य वस्तु दही, पनिर, घ्यु लगायतको पनि मूल्य बढ्न जानेछ ।
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो