महिला सञ्जाल इटहरीको सातौं वार्षिक साधारण सभा तथा सम्मान कार्यक्रम सम्पन्न

दयाराम कटेल

इटहरी ।। इटहरी स्थित बहुउद्देश्यीय सहकारीको भवनमा महिला सञ्जाल इटहरीले आज आफ्नो सातौं साधारण सभा तथा समान कार्यक्रम सम्पन्न  गरेको छ। कमल खड्काको अध्यक्षता तथा इटहरी उपमहानगरपालिकाका प्रमुख हेम कर्ण पौडेलको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो। 
महिला सञ्जालका पुर्व अध्यक्ष विमला ढकाल शिवाकोटीले यस महिला सञ्जालमा हरेक संघसंस्थामा आवद्ध भएका हुनुपर्ने र यो राजनीतिक, धार्मिक हुनुहुँदैन सबैको प्रतिनिधित्व गर्ने संस्था भएको बताउँदै कुनै पनि किसिमको विभेद नगरी मेलमिलबको काम गर्छ बताएकी छन्। उनले यस संस्थाले महिला पुरुष दुबैको लागि समान पुर्वक काम गर्ने र लैङ्गिक विभेद, अधिकार लगायतका मुद्दामा  सकेसम्म अदालत नपुगी मिलाउने, अदालत पुग्दा, खर्च हुने समय लाग्ने भएकाले यस संस्थाले कसैलाई पनि विभेद नगरी समान पुर्वक हक अधिकार सुनिश्चितताको लागि काम गर्ने बताएकी छन्।
यस्तै कार्यक्रमको अध्यक्षता गरेकी कमला खड्काले कानुनको सिमा नीति नियममा रहेर इटहरी उप महा नगरपालिकाको मातहतमा रहेर काम गर्ने बताएकी छन्। उनले उपस्थित सम्पूर्ण अथितीहरुलाई धन्यवाद दिँदै आफ्नो कार्यकालका समयमा विभिन्न समस्या झेल्दै विभिन्न किसिमको दौडधुप गर्दै अधिकांश महिलाहरुको समस्याको समाधान गर्दै अघि बढेको बताएकी छन्। 
उक्त कार्यक्रममा विभिन्न क्षेत्रबाट समाजलाई रूपान्तरण गर्न भूमिका खेल्ने ६ महिलाहरुलाई पनि सम्मान गरिएको थियो।

दयाराम कटेल
प्रतिक्रिया