सुनसरीको बराहक्षेत्र चकरघट्टीमा बन्द भएको चलचित्र हल खुल्ने, अनन्त आयामको ‘ऐना झ्यालको पुतली’ चलचित्र प्रदर्शन मंसिर ३ सम्म प्रदर्शन हुने

फाष्ट मिडिया नेपाल संवाददाता

इटहरी। सुनसरीको बराहक्षेत्र नगरपालिकाको चकरघट्टमा सञ्चालित एक मात्र चलचित्र हल ‘बराह चलचित्र मन्दिर’ बन्द भएपछि निराश भएका दर्शकहरु यहि कात्तिक २४ देखि खुशी भएर चलचित्र हलमै बसेर चलचित्र हेर्न पाउने भएका छन् । 

लामो समयदेखि बन्द रहेको उक्त सिनेमा हल खुल्ने यहि कात्तिक २४ गतेदेखि खुल्ने भएपछि उनीहरु खुशी भएका हुन् । पछिल्लो समयमा प्रविधिको विकाससँग अनेकन समस्याले घेरिएपछि बन्द भएको सो हल यहि कात्तिक २४ गतेदेखि पुनः खुल्ने भएको हो । सो हलको उद्घाटन कात्तिक २४ गते १० भव्यताका साथ उद्घाटन हुने बराहक्षेत्रको एक मात्र संस्था अनन्त आयामले जनाएको छ । उक्त हल सञ्चालनमा आएपछिको पहिलो चलचित्र प्रदर्शनका लागि अनन्त आयामले मंसिर ३ सम्म हल बुक गरेको जनाएको छ ।

अनन्त आयामको सो प्रयाससँगै उक्त चलचित्र मन्दिर खुल्न लागेको हो । आयोजकले जनाए अनुसार २ घण्टा उद्घाटन कार्यक्रम हुने र सो कार्यक्रममा विभिन्न लम्धप्रतिष्ठित व्यक्ति, नगरपालिका, बुद्धिजीवि, चलचित्रकर्मी, दर्शक, स्थानीयबासीहरुको ठूलो जमघट हुने भएको छ । सतिस श्रेष्ठद्धारा निर्मित जब प्रकाश जान्छ नामक स्थानीय चलचित्र उद्घाटनकै समयमा प्रदर्शन गरिने भएको छ । त्यसपछि बराहक्षेत्र नगरपालिका क्षेत्रलाई समेटेर बनाएको छोटो डकुमेन्ट्री प्रशारण गरिने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।  १२ बजे र ३ बजेको शोमा २०२२ मा ओस्कार अवार्डमा प्रतिनिधित्व गरेको विभिन्न अवार्ड बिजेता

संखुवासभाको चैनपुरमा छायांकन गरिएको बाल तथा महिला मनोबविज्ञान चलचित्र तथा ‘ऐना झ्यालको पुतली’ को प्रदर्शन हुने भएको छ । । सो चलचित्रको विशेष शो कात्तिक २४ गतेदेखि मंसिर ३ गतेसम्म चल्ने जनाइएको छ । कात्तिक २४ र २५ गते दुई शो १२ बजे र ३ बजे प्रदर्शन गरिने भएको छ भने त्यसपछि १० बजेको शो उक्त चलचित्र प्रदर्शन हुने भएको छ । उद्घाटनका समयमा देखाइने स्थानीय चलचित्र जब प्रकाश जान्छ र डकुमेन्ट्री निःशुल्क हुने र ऐना झ्यालको पुतलीको शोमा भने १०० र १५० रुपैयाँको टिकट लिनु पर्ने भएको छ । 


फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया