सुन तस्करको अखडा बन्दै त्रिभुवन विमानस्थल, क्वीन्टलका क्वीन्टल सुन तस्करी अझै रोकिएन, फेरी झण्डै एक क्वीन्टल सुन राजश्वद्धारा बरामत

खगेन्द्र कार्की

फाष्ट मिडिया नेपाल संवाददाता

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टनका टन सुन आउने क्रम अझै रोकिएको छैन । पटक पटक ठूलो परिणाममा सुन बरामतसँगै संलग्नहरुलाई कारवाही गरिरहँदा पनि अझै यस्ता अवैध धन्दा नरोकिनु सबैका लागि चिन्ताको विषय बनेको छ । बुधबार साँझ पनि सोही विमानस्थलबाट ठूलो परिणाम झण्डै एक क्वीन्टल सुन राजश्व अनुसन्धान विभागले बरामत भएको छ । 

विभागका महानिर्देशक नवराज ढुङ्गानाले ८० देखि १०० किलोको बीचमा रहेको सुन बरामद गरिएको सञ्चारकर्मीलाई बताएका छन् । सुन ओसारपसारमा संलग्न रहेका ट्याक्सी चालकसहित ६ जना पक्राउ परीसकेका छन । दिलिप भुजेल, रामकुमार भुजेल, भन्सार एजेन्ट राजेन्द्र राई ट्याक्सी चालक र थप दुई जनालाई गए राति पक्राउ गरेको राजश्व अनुसन्धान स्रोतले बतायो ।

विमानस्थल पास भएर आएको उक्त सुन विमानस्थल भन्सार गेट अगाडिबाट ट्याक्सीमा हालेर लैजान लागेका बेला बरामद भएको उनले बताए । उनले सुन हङ्कङबाट आएको खुलेको जानकारी दिए । थप अनुसन्धान जारी रहेकाले भोलिसम्ममा धेरै कुराहरु खुल्ने पनि उनले बताए ।


खगेन्द्र कार्की
प्रतिक्रिया