धनकुटा । नेपाली कांग्रेस धनकुटाले एक अभिभावक गुमाएको छ । नेपाली कांग्रेस धनकुटाका जिल्ला सदस्य लिलम थापाका बुबा समाजसेवी दिप वहादुर थापालाई गुमाएको हो । स्व. थापाको धनकुटास्थित तमोर घाटमा चार तारे झण्डा ओढाएर सम्मान पूर्वक अन्त्यष्टि समेत गरिसकेको छ ।
नेपाली कांग्रेस धनकुटाका जिल्ला सभापति दिनेश राई, पाख्रिवास नगरपालिकाका मेयर ज्ञान वहादुर गुरुङ्ग, जिल्ला सचिवहरु विजय सन्तोषी राई, जयन्द्र घिसिङ, सहसचिव श्रीराम रायमाझी, नेपाल तरुण दलका केन्द्रिय सदस्य तिलक महत, पाख्रिवास नगर सभापति प्रेम भण्डारी, नेपाल महिला संघ धनकुटाका उपाध्यक्ष अम्विका धमला, नेपाली कांग्रेस पाख्रिवास नगरका सचिव द्धय विर वहादुर थापा,सन्तोष मानन्धरले कांग्रेस अभिभावक स्व. थापाको पार्थिव शरिरमा पार्टीको चार तारे झण्डा ओढाएर सम्मान गरेका हुन् । सो अवसरमा पाख्रिवास नगपालिकाका उपप्रमुख नम्रता देउजा, जिल्ला समन्वय समतिका सदस्य नेत्र भण्डारी, नेकपा एमालेका नेता राजेन्द्र वस्नेत, नेपाली काग्रेस धनकुटका जिल्ला सदस्यहरु डि वि मोक्तान, वल वहादुर थापा, पार्टीका सल्लाहकार धिरेन्द्र मिश्र, पूर्व जिल्ला सदस्य गोर्ख वहादुर पिठाकोठे, वडाध्यक्षहरु गणेश राई,देवेन्द्र गुरागाई, सरोज राई, नेपाल सास्कृतिक संघ धनकुटका वरिष्ठ उपाध्यक्ष निरज गुरुङ, नेपाली कांग्रेस वडा नं. ६ का सभापति लोचनराज गिरि,कांग्रेस अभिभावक भक्त गुरुङ,कांग्रेसका वडा सचिव विष्णु गुरागाई लगायतले श्रद्धाञ्जली अर्पण गरेका थिए ।
९६ बर्षको उमेरमा निधन भएका स्व. थापाको छोराहरु गोविन्द्र थापा, लिला थापा, लिलम थापा, तिलक थापा, पदम थापा र छोरीहरु इन्दिरा, हिरा, रिता, अनिता र तुलसालगायत वुहारीहरु, ज्वाईहरु नाती नातीनीहरु रहेका छन् ।
पाख्रिवास नगरपालिका वडा नं. ७ निवासी स्व. थापाको निधनले नेपाली कांग्रेस धनकुटालाई अपुरणीय क्षती पुगेको कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राईले बताए ।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो