फाष्ट मिडिया नेपाल संवाददाता
इटहरी । पूर्वाञ्चल सुनचाँदी व्यवसायी संघ केन्द्रीय कार्यालय इटहरीले सातौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
संस्थाका अध्यक्ष टिकाराम विश्वकर्मा लामगादेको अध्यक्षतामा आयोजित सो कार्यक्रमको प्रमुख अतिथि सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष रमेश बराइलीले गरेका थिए । उद्योग वाणिज्य संघ इटहरीका उपाध्यक्ष विष्णु डाँगी, राकेश श्रेष्ठ, रोशन घिमिरेसहित केन्द्रीय सदस्यहरु प्रकाश गहतराज, नरेन्द्र विश्वकर्मालगायत आन्तरिक राजश्व कार्यालय प्रमुख रमेश ढकाल, महासंघ तथा संघका विभिन्न तह र तप्काका पूर्व पदाधिकारी तथा वर्तमान पदाधिकारी र सल्लाहकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।
संस्थाका कोषाध्यक्ष अमर बराईलीले स्वागत मन्तव्य राखेको सो कार्यक्रम इटहरीको दुर्गा पार्टी प्यालेसमा आयोजना गरिएको थियो । सोही भेलाको दोस्रो बन्दसत्रबाट रिक्त रहेका केही पदहरु पुर्ति समेत गरेको छ । जसमा उपाध्यक्षमा राजु गजमेर, सहसचिवमा इन्द्र रसाइली र सदस्यमा राजकुमारलाई चयन भएको अध्यक्ष बराइलीले बताए ।
दुर्गा पार्टी प्यालेसमा आयोजित ७ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष बराइलीले जिल्लाहरुलाई स्वायत्त बनाउने क्रमममा आफुले सुरुआतदेखि नै सुनचाँदी व्यवसायी महासंघमा विद्रोह गर्दै आएको बताए । उनले भने– सुरुआतमा विधान संशोधन गराउने देखि अहिलेसम्म जिल्ला तथा मातहतका व्यवसायीलाई महासंघको स्वायत्तता दिलाउन लागि परेको उनको कथन छ । उनले सुनको कोटा प्रणालीलाई पान नम्बरका आधारमा वितरण गर्ने र प्रदेश कोटा छुट्याउने भन्ने सन्दर्भ राखेको उनले बताए ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै संस्थाका कोषाध्यक्ष अमर बराईलीले महासंघको व्यवसायीको अभिभावक बनेर काम गर्न नसकेको आरोप पनि लगाए । तथापि भर्खरै कार्यसमितिको बैठक बसेको र मूलभुत रुपमा सुनचाँदी व्यवसायीको भोगेका समस्या समाधानमा लाग्नु हुनेछ भन्ने आशा राखेको समेत बताए ।
सुनचाँदी व्यवसायीलाई कर तिर्ने सम्बन्धमा धेरै झन्झटिला प्रक्रिया लगाइएको भन्ने गुनासोलाई सम्बोधन गर्दै आन्तरिक राजश्व कार्यालयका प्रमुख तथा कार्यक्रममा विशिष्ठ अतिथि रमेश ढकालले कर तिर्ने सम्बन्धमा विगतको जस्तो सामान्य तरिकाले नहुने र भएको कारोबारलाई पारदर्शी ढंगले राख्न पनि अडिट गराउनुपर्ने बताए ।
कार्यक्रममा बोल्ने वक्ताहरुले महासंघले व्यवसायीको हितमा काम नगरेको भन्दै आलोचना गरिएको थियो । कार्यक्रममा आतिथ्यता ग्रहण गर्ने सबैलाई मायाको चिनोले सम्मान समेत गरिएको थियो ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो