मेष – व्यस्तता बढ्नेछ । मनोरञ्जनपूर्ण दिन छ । घरायसी वातावरणमा सुमधुर सम्बन्ध कायम हुनेछ । रोकिएका अधुरा कामहरु पुरा हुनेछन् भने व्यवहारिक समस्याको हल हुने छ । दाम्पत्य जीवन सुखद रहला । यात्रा सफल रहला । शत्रुमाथि विजय प्राप्त हुनेछ ।
वृष – पराक्रम वृद्धि र कार्यमा सफलता प्राप्त हुने दिन छ । आशा उत्साह थपिनेछ । महत्वपूर्ण कार्यमा सफलता पाउन सकिनेछ । दान पुण्यका कार्यमा आकर्षण बढ्नुका साथै सामाजिक कार्यमा संलग्न हुनुपर्ने समय छ । नसोचेको ठाउबाट आर्थिक लाभको योग छ । सन्तानबाट सुख मिल्नेछ । रसरागमा आकर्षित हुनुहुनेछ ।
मिथुन – आज स्वास्थ्यमा समस्या आउने र सन्तानपक्षबाट पीडा मिल्ने योग रहेकोले धैर्यशील रहनु हितकर हुनेछ । मेहनतअनुसारको फल मिल्न गाह्रै पर्ला । बौद्धिक र रचनात्मक काममा रुचि रहला ।
कर्कट – आरोग्यता र सामर्थ्य वृद्धि हुने दिन छ । कार्यबल बढ्नेछ । जाँगर बढ्नुका साथै रोकिएका कामहरु बन्नेछन् । आफन्तको साथ मिल्ला । समस्याहरू समाधान हुनेछन् । शत्रुमाथि विजय प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।
सिंह – समस्याहरु आफै किनारा लाग्ने छन् भने धैर्यताको मात्रा बढाउन सके उत्तम समय छ । व्यवसायमा लगानी बढाउँदा दीर्घकालिन लाभ मिल्नेछ । यात्राको योग छ । पराक्रम वृद्धि हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।
कन्या – यात्राको लागि उचित समय रहेको देखिन्छ । रोकिएका कामहरु बन्न थाल्नेछन् । घरपरिवारबाट सुखशान्ति मिल्ला । कृषिकर्ममा भने चुनौतीको सामना गर्नुपर्ला । साझेदारीको काम बन्नेछ । मिठो भोजन प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।
तुला – कर्मबल बढ्ने समय भए पनि सोचेअनुरुप काम नहुने र व्यवहारिक काममा पनि कठिनाइ मिल्ला । मिठो भोजन खान पाउनुहुनेछ । बोली र व्यक्तित्वको प्रभाव भने बलियो रहला ।
वृश्चिक – भाग्य वृद्धि हुनेछ । कठोर मिहिनेतले अन्ततः काम बन्नेछ । मिठो भोजन प्राप्त होला । आँटेगरेका काम पूरा हुनुका साथै समस्याको समाधान हुने समय छ । परिवारजनबाट सुख मिल्ला । मित्रजनको साथ प्राप्त हुनेछ । आरोग्यता वृद्धि हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।
धनु – पारिवारिक सुख मिल्नुका साथै आत्मबल बढ्ने समय छ । धनको आगमन होला । रोकिएको काम बन्नुको साथै लगानी उठाउन चाहेमा सफल रहनुहुनेछ । दैनिक काममा सफलता मिल्नेछ । मित्रजनको सहयोग र समर्थन प्राप्त हुनेछ । दौडधुपमा समय ब्यतीत हुने दिन छ ।
मकर – आरोग्यता बढ्नेछ । रसरागका कार्य तथा प्रेममा सफलता मिल्नेछ । आकस्मिक रुपले सफलता वा असफलता मिल्ने समय छ । सचेतनापूर्वक काम गर्नुहोला । आफन्तको साथ प्राप्त होला । आयस्रोत बढ्ने योग छ ।
कुम्भ – बोली र व्यक्तित्वको प्रभाव बढ्ने योग भए पनि आज अनावश्यक विवदमा परिने सम्भावना छ, संयमपूर्ण व्यवहार गर्नु हितकर होला । मनमा अनावश्यक डर रहला । गरेका कामहरु अधुरा रहने छन् भने स्वास्थ्यले पनि साथ नदिन सक्छ । यात्रापरक काममा सफलता प्राप्त हुनेछ । मीठो भोजन प्राप्त हुनेछ ।
मीन – आजको दिन काम बिगार्न खोज्नेहरू सक्रिय हुन सक्छन् । व्यवारिक समस्याले सताउन सक्छ । कामहरु अधुरै रहनाले मन खिन्न रहला । घर–परिवारमा खटपट पर्ने योग छ, सावधान रहनुहोस् । तथापि, प्रेमभाव बढ्ने, आनन्द वृद्धि हुने समय छ । मिठो भोजन प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ भने समस्याको समाधान प्राप्त हुनेछ ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो