पथरीशनिश्चरे नगरपालिकाले आगामी ३ वर्षभित्रमा ३ पानीट्याङ्की निर्माण गर्ने

फाष्ट मिडिया नेपाल संवाददाता

पथरी । जनतालाई आधारभुत आवश्यकताबाट भरिपूर्ण बनाउन मोरङको पथरी शनिश्चरे नगरपालिका लागि परेको छ । वडा नं. २ मा रहेको पथरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले आगामी ३ वर्षमा  थप ३ वटा ट्याकीं निर्माणका लागि  डिपिआर फायल पेश गरिसकेको बताएको छ ।

सोका लागि संस्थाले डिपिआर फायल तयार गरि सम्बन्धित निकायमा पेश गरि सकेको छ। सो योजनाको निर्माण चरण सम्पन्न भएपछि साढे ८ हजार घरधुरीले शुद्ध खानेपानीको सुविधा लिनेछन्।

अहिले संस्थाले आफ्नो सेवा विस्तारको  लागि नगरका विभिन्न वडाहरुमा पायप विस्तारको कार्य जारी राखेको छ।

 नगरपालिकाको वडा नं ८ बाहेक अरू सबै वडाहरूमा शुद्ध खानेपानी वितरण गर्ने उद्देश्यले सो संस्थाले हाल वडा नं २,३,४,५,७ मा पाईप विस्तार कार्य जारी राखेको हो।

नगरका सबै वडाका नागरिकलाई शुद्ध  पिउने पानी उपलब्ध गराउने अभिप्रायले सो संस्थाबाट आगामी ३ वर्षभित्रमा झण्डै ५ लाख लिटर पानी अट्ने क्षमताका अरू ३ वटा ओभरहेड टंकी निर्माण गर्न डिपिआर योजना बनाएर माथिल्लो निकायमा पेश गरिएको छ। 

केही दिन भित्रैमा सो डिपिआर फायल पास भएपछि  ३ वटै टंकीहरूको लागि निर्माण चरणमा प्रवेश हुने व्यवस्थापक राजेन्द्र तिम्सीनाले जनाए। डिपिआर निर्माण सम्पन्न भई सकेपछि ८ हजार ५ सय घर धुरीका उपभोक्ताहरू लाभान्वित हुनेछन् ।

साबिक पथरी गाविसका सबै घरधुरीहरूलाई शुद्ध प्रशोधित पिउने पानी उपलव्ध गराउँदै आएको यो संस्थाले छुटेका उपभोक्ताहरूका लागि पाइप विस्तार गर्ने काम भैरहेको प्रमुख व्यवस्थापक राजेन्द्र तिम्सिनाले बताए।

उनले अहिले सम्ममा पथरीशनिश्चरे ०१ मा रहेको एउटै टंकीबाट २ लाख २५ हजार लिटर शुद्व पिउने पानी उपलब्ध गराउँदै आएको बताए।

दशैँ तथा तिहारको अवसरमा संस्थाले ल्याएको छुट अफरबाट ३ सय ५४ जना नयाँ उपभोक्ताहरू थपिएका छन्। यो सहित २ हजार ७ सय २८ घरधुरीका उपभोक्ताहरूलाई खानेपानी वितरण गर्दै आईरहेको छ।


फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया