इटहरी वडा नं. ११ का कामकारवाहीका विषयमा गरिएका गलत हल्लाबाट वडाअध्यक्षद्धारा खण्डन

फाष्ट मिडिया नेपाल संवाददाता

इटहरी । इटहरी उपमहानगरपालिका वडा नं. ११ का विकास निर्माणका कामलाई लिएर गरिएका आधारहित, गलत र भ्रामक फेसबुक सामग्रीको वडाअध्यक्ष केशव प्रसाद कोइरालाले खण्डन गरेका छन् । उनले आफूमाथि अनर्गल रुपमा कपोकल्पित हल्ला फेसबुकको दुरुपयोग गर्दै चलाएको भन्दै आफुले गरेका विकास निर्माणका कामको सन्दर्भमा स्पष्ट पार्दै फेसबुकमै लेखेका छन् । 

अध्यक्ष कोइरालाले निराधार, भ्रामक एवम् कपोलकल्पित हल्लाको पछि नलाग्न अनुरोध भन्दै वडाबासीलाई आग्रह समेत गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन– केही दिन यता दिनहुँजसो सामाजिक सञ्जाल फेसबुककोको दुरुपयोग गर्दै आधार र सत्यतथ्य बिनाका भ्रामक, गलत तथा अफवाह फैलाउने पोस्टहरु देखिरहेका छन्।

वडावासीहरुलाई जानकारी गराउन चाहन्छु प्रत्यक आर्थिक वर्षलाई इटहरी उपहानगरपालिकाले निश्चित बजेट निश्चित कर्यक्रमहरूका लागि शीर्षक छुट्याएर पठाउने गर्दछ। यस आर्थिक वर्षका लागि पनि सोही अनुसार नगरपालिका बाटै कार्यक्रम अनुसारका बजेट आएका छन र विभिन्न उपभोक्ता समितिहरू मार्फत कार्यक्रमहरुमा खर्च हुनेगरेको छन। मेरो जिम्मेवारी अनुसार कार्यहरूमा मैले नियमित अनुगमन गर्नेगरेको छु।

उनले अगाडि भनेका छन्–वडामा बिभिन्न विकास निर्माणका कर्यक्रम अहिले पनि सञ्चलमै रहेका छन् र कतिपय कार्यक्रम पाइपलाइनमा रहेका र छिटै कार्यान्वयनमा आउँदै छन्। प्रक्रियामा रहेका र निकट भबिष्यमै कार्यान्वयन हुने कार्यहरू, वार्ड अध्यक्षले नगरिदिएको, हुन नदिएको भन्नु खेदजनक छ। 

कुनैपनि आधिकार को दुरुपयोग भएका छैनन। कुनै पनि प्रकारका पूर्वाग्रह, राजनैतिक आग्रह बोकेर जनतालाई दुःख र सास्ती दिनु मेरो नैतीकताले दिँदैन। यस्ता कार्य मेरो सोच र व्यक्तित्व भन्दा बाहिरका कुरा हुन्। प्रमाण र तथ्य सहित पेस गरिएका निवेदकहरुको सिफारिसहरु रोकिएका छैनन्। आधारहीन सिफारिस र अभिलेख प्रमाणीकरण गर्नुलाई हाम्रो देशको कानुनले गैरकानुनी ठहर गर्दछ र त्यस्ता कार्य यस वडाबाट हुदैनन पनि। गुण्डा शैलीमा, डर, धम्की, देखाएर त्रासको वातावरण सिर्जना गरेर कानुन विपरीतको काम गराउँछु, विकास निर्मणका कामबाट कमिसन निकाल्छु भन्ने सोच पनि कसैले नराखे हुन्छ।

वडाबासीलाई अनुरोध गर्दै अध्यक्ष कोइरालाले लेखेका छन– सम्पूर्ण वडावासीहरु लाई अनुरोध छ वडामा के कस्ता काम भइरहेको छन, कुन योजना काहा पुग्यो, आर्थिक प्रगति के छ लगायत वडामा कही कतै कानुन संगत काम भएको छैन जस्तो लाग्छ, आर्थिक अपचल भए जस्तो लाग्छ भने आफ्नो व्यस्तता बाट केही समय निकालेर वडालाई जानकारी गराइदिनु होला। वडा बाट हुँदैन जस्तो लागे नगरपालिका, प्रशासन कार्यालय गएर पनि आफ्नो गुनासाहरु राख्न सक्नु हुनेछ।

कुनै पनि आधिकारको दुसप्रयोग, भ्रष्टाचार, अपचलन गरेको भए त्यसको लागि उजुरी गर्ने ठाउँ होला। दोषी ठहरिए कारबाही पनि होला। यत्तिको सामान्य चेतना त हुनु पर्ने हो। यसरी सामजिक सञ्जालमा रुवाबासी गर्नु पर्दैन थियो।

स्थानिय निकायको चुनावमा वाडावासीहरुले विश्वास गरेर यस भन्दा अगाडिको कार्यकाललाई मूल्यांकन गरेर नै दोस्रो कार्यकालका लागि चुन्नु भएको हो। जनताको मत र साथले नै आज यस वडालाई प्रतिनिधित्व गर्दै छु। र यो विश्वास छ जनताहरू आधारहीन कुराका पछि नलागेर सत्यलाई साथ र सहयोग गर्नुहुने छ।

उनले व्यक्तिगत लालछाना लगाएर, सामजिक प्रतिष्ठामाथि आच आउने गरी, शारिरीक अशक्ततालाई मजाक बनाएर गरिएका टिप्पणीहरु, पोस्टहरु, कमेन्टहरुमा कतिको सत्यता होलान् तपाईंहरु आफै अनुमान लगाउन सक्नुहुन्छ। यस प्रकारका अनुशासनहीन हर्कत गर्ने, आपराधिक, सङ्कीर्ण सोच भएका, रिस, द्वेष, डाहाले भरिएका युवाहरुबाट समाजले के आशा राख्नेभन्दै प्रश्न समेत गरेका छन् । 

अन्यमा उनले वडाबासीलाई भनेका छन– यस्ता तथ्यहीन, भ्रामक, कपोकल्पित, झुटा कुराहरू को पछि नलाग्न हुन अनुरोध गर्दछु। यस्ता हर्कत गर्नेहरूलाई स्यबासी दिएर मनोबल उच्च नबनाई दिनु होला। यस्ता प्रवितीलाई प्रत्सोहान नगरीदिएर स्वस्थ, सुरक्षित, मर्यादित र अनुशासित समाज को निर्माण मा सहयोग गरिदनु होला। 


फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया