फाष्ट मिडिया नेपाल (फामिने) न्युज डेक्स
इटहरी । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै एयरलाइन्सको हवाई भाडा घटेको छ । वायुसेवा सञ्चालक सङ्घले आज (२२ चैत २२)देखि लागू हुने गरी हवाई भाडा समायोजन गरेको हो ।
निगमले सोमबार हवाई इन्धनको प्रतिलिटर रु १० ले कटौती गरेको थियो । सोअनुसार काठमाडौंबाट धनगढीको उडानमा सबैभन्दा धेरै रु चार सय ४० भाडा घटेको छ । यसअघि यो रुटमा यात्रुले हवाई यात्राका लागि मात्र रु ७ हजार पाँच सय १० तिर्नुपथ्र्यो भने अब रु ७ हजार ७० भाडा कायम गरिएको छ ।
काठमाडौंबाट हुने पर्वतीय उडान (माउन्टेन फ्लाइट) को भाडा रु ३ सय ४५ घटेर अधिकतम भाडा रु ५ हजार चार सय ९० कायम भएको छ । काठमाडौं(भद्रपुर रुटमा रु तीन सय, विराटनगरमा रु दुई सय ४०, जनकपुरका लागि रु एक सय ३०, पोखराका लागि रु एक सय ५५, भरतपुरका लागि रु एक सय १०, भैरहवाको रु दुई सय पाँच, नेपालगञ्जका लागि रु एक सय ८५ र सुर्खेतका लागि रु तीन सय ४५ हवाई भाडा घटेको छ ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो