इटहरी । भोजपुर सेवा समाज केन्द्र र स्वतन्त्र नागरिक समाज सुनसरीको संयुक्त आयोजनामा इटहरीको खनारस्थित वडा नं. १३ को कार्यालयमा बृहत स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।
वडा नं. १३ को समन्वयमा आयोजित सो शिविरमा आँखाका बिरामी अत्याधिक देखिएका छन् । २ सय २० जना आँखाका रोगीको चेकजाँच गर्दा एक दर्जन बढी बिरामीमा मोतिया विन्दुको अप्रेसन गर्नुपर्ने भएको छ । यस्तै २० जनाले दाँतको सेवा लिए भने १ सय २० जनाले हाडजोर्नी, नसा, मुत्ररोग, किड्नीको सेवा लिएका छन् ।
कोशी प्रदेश सभासद माननीय रोहित बहादुर कार्कीको प्रमुख आतिथ्यतामा आयोजित सो कार्यक्रमामा भोजपुर समाज सेवा केन्द्रका अध्यक्ष शालिकराम खत्रीको अध्यक्षतामा आयोजना गरिएको थियो । यसैगरी वडा नं. १३ वडाअध्यक्ष चन्द्रेश्वर सरदारको विशिष्ठ आतिथ्यता रहेको सो कार्यक्रममा स्वतन्त्र नागरिक समाज सुनसरीका अध्यक्ष मोहन ढकाल, स्वतन्त्र नागरिक समाज सुन्दरहरैंचाका चिरञ्जीवि सिवाकोटीलगायतका विभिन्न स्वास्थ्य संस्था तथा सामाजिक संघसंस्थाका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो । मोतिराम राईले सञ्चालन गरेका सो कार्यक्रम समाजका विपन्न परिवारका सदस्य जो स्वास्थ्यको पहुँच बाहिर छन् तिनीहरुप्रति लक्षित गरेर प्रभावकारी कार्यक्रम चलाएकोमा वडाअध्यक्ष सरदारले खुशी व्यक्त गरे ।
पछिल्लो समयमा यि दुई संस्था मिलेर इटहरीमा धेरै सामाजिक अभियानका कामहरु सञ्चालन गरिरहेको सालिग्राम पाण्डेले बताए । दिनदुखीको सेवामा नै धर्म रहेको र मठमन्दिर भन्दा मानविय सेवाप्रति संस्था बढी लालयित बनेर कार्यक्रम आयोजना गरिरहेको उनको तर्क छ । निशुल्क चश्मा र औषधीसहित आयोजित सो शिविरमा विराटनगर आँखा अस्पताल, खनार सिटी स्वास्थ्य सेवा प्रा.लि, बि. एण्ड बी. डेण्टल खनार, चन्द्र लक्ष्मी प्रतिष्ठान मोरङले स्वास्थ्य भूमिका निभाएका थिए ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो