कोशी ब्यारेजमा ४१ ढोका खुल्ला

फाष्ट मिडिया नेपाल संवाददाता

विगत वर्ष र्झै यस वर्ष पनि अविरल वर्षाका कारण पानीको सतह बढेपछि सप्तकोशीस्थित कोशी ब्यारेजको पुलमा ४१ वटा ढोका खोलिएका छन् । सप्तकोशी नदीको जलसतह बढ्दै गएको छ । अहिले बिहान ६ बजेसम्म (२३ असार) कोशी ब्यारेजमा तीन लाख १६ हजार आठ सय क्युसेक पानी मापन गरिएको छ ।

सप्तकोशी जलमापन केन्द्रका अनुसार पानीको बहाव बढ्दै गएसँगै कोशी ब्यारेजका ४१ वटा ढोका खोलिएका छन् । सप्तकोशी जलमापन केन्द्रमा जलसतह सतर्कता पार गरेको र अझै बढ्दो क्रममा रहेकाले उदयपुर, सुनसरी र सप्तकोशी नदी किनारका बासिन्दालाई सुरक्षित रहन केन्द्रले अनुरोध गरेको छ ।

फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया