राष्ट्रवादी पार्टी एमालेको एकल सरकार आवश्यक : पूर्व प्रधानमन्त्री केपी शर्मा ओली

खगेन्द्र कार्की

फिदिम । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली मध्यपहाडी लोकमार्ग केन्द्रित संकल्प यात्राको दौरान पाँचथरको फिदिम पुगे । फिदिम माध्यमिक विद्यालयको खेल मैदानमा आयोजित सभालाई सम्बोधन गर्दै राष्ट्रवादी पार्टी एमालेको एकल सरकार आवश्यक रहेको बताए । उनले भने– देशलाई बचाउन एमालेको एकल बहुमतको सरकार आवश्यक भएकोले त्यसका लागि कार्यकर्तालाई जुट्न आग्रह समेत गरे।

ुदेशको विकास गर्न एमालेजस्तो राष्ट्रवादी पार्टीले एकल सरकार बनाउनुपर्छ। एकल बहुमत ल्याउन हामीले अर्को चुनाव पर्खिनुपरेको छ,ु उनले भने। स्थिरताबिना देशमा विकास हुन नसक्ने ओलीको भनाइ छ। अस्थिरताको अन्त्य गर्न देशमा मजबुद शक्तिको सरकार आवश्यक भएको भन्दै ओलीले एमाले मात्र देशको मजबुद शक्ति बन्नसक्ने बताए। 

सम्बोधनका क्रममा उनले ताप्लेजुङको घुन्सा र मध्यपहाडी लोकमार्गको उद्गमबिन्दु चिवा भञ्ज्याङलाई आर्थिक नाका बनाउन सकिने बताए। ‘भारतसँग जोडिएको चिवा भञ्ज्याङलाई नाका खोल्न सकिन्छ। त्यसको लागि एमालेले पहल गर्नेछ’ उनले भने।

खगेन्द्र कार्की
प्रतिक्रिया